२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

प्रस्तावित राजदूतविरुद्ध उजुरी दिएका उजुरीकर्ता नै सम्पर्कविहीन

Nada
२०८३ असोज २६ गते १२:३०
Shares
प्रस्तावित राजदूतविरुद्ध उजुरी दिएका उजुरीकर्ता नै सम्पर्कविहीन

काठमाडौँ : संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित राजदुतहरूविरुद्ध परेका उजुरीहरूको सुनुवाइ प्रक्रिया अघि बढाउन खोज्दा उजुरीकर्ताहरूको अनुपस्थितिले चुनौती थपेको छ । 

ncell

विभिन्न १३ देशका लागि प्रस्तावित राजदुतहरूविरुद्ध परेका उजुरीको विषयमा छलफल गर्न बोलाइएको बैठकमा उजुरीकर्ताहरू सम्पर्कमा नआएपछि समितिले थप प्रक्रिया अगाडि बढाउने विषयमा छलफल गरेको हो । १३ वटा राष्ट्रका लागि प्रस्तावित राजदुतहरूविरुद्ध चार जना व्यक्तिबाट ७ वटा उजुरी परेकोमा अधिकांश उजुरीकर्ता बैठकमा उपस्थित भएनन् । 

समितिका सभापति वोधनारायण श्रेष्ठकाअनुसार जापानका लागि प्रस्तावित राजदुत ज्ञानकुमार थापा र साउदी अरबका लागि प्रस्तावित राजदुत गिरिबहादुर सुनारविरुद्ध उजुरी दिने उजुरीकर्ताहरू सम्पर्कविहीन भएका छन् । समितिको पटक–पटकको प्रयासका बाबजुद उनीहरू उपस्थित नभएपछि समितिले यसबारे गम्भीर चासो व्यक्त गरेको छ ।

भारतका लागि प्रस्तावित राजदुत निश्चलनाथ पाण्डेविरुद्ध उजुरी दिने दीपा भण्डारीले भने इमेलमार्फत आफू उपस्थित हुन नसक्ने जनाउँदै समिति समक्ष उजुरी पढेर सुनाउन आग्रह गरेका छन् । 

बैठकमा सार्वजनिक सूचना प्रकाशनको समयसीमाका विषयमा समेत बहस भएको छ । कानूनी व्याख्यासम्बन्धी ऐनअनुसार बिदाको दिनपछि सूचना गणना गर्दा प्रभावकारी समय कम हुने भएकाले कार्यालय समयलाई ध्यानमा राखेर आगामी कात्तिक ९ गते सूचना प्रकाशन गर्ने निर्णय गरिएको छ । 

सभापति श्रेष्ठले नागरिकहरूलाई जानकारी गराउन र उजुरी संकलन गर्ने उद्देश्यले सरकारी सञ्चारमाध्यम तथा संसद सचिवालयको वेबसाइटमा सूचना प्रकाशित गर्न सचिवालयलाई निर्देशन दिए । 

ताजा खबर

सम्बन्धित खबर