२०८३ असोज ३० गते शुक्रवार / Oct 16 , 2026 , Friday
२०८३ असोज ३० गते शुक्रवार

तनहुँमा भेटिएका शव जंगलमा व्यवस्थापन गरिँदै

Nada
२०८३ भदौ १५ गते १३:४०
Shares
तनहुँमा भेटिएका शव जंगलमा व्यवस्थापन गरिँदै

तनहुँ : देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जंगल क्षेत्रमा गरिने भएको छ । 

ncell

भोटेकोशी बाढीका कारण ज्यान गुमाएका तथा हालसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा समेत पहिचान गर्न सकिने गरी जंगलमा व्यवस्थापन गर्न लागिएको हो । 

तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले शव व्यवस्थापनअघि कानुनी तथा वैज्ञानिक प्रक्रिया पुरा गरिसकिएको जानकारी दिए । 

उनले शव पहिचानका लागि डिएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र शव व्यवस्थापन गरिने बताए । 

तनहुँ क्षेत्रमा ३७ शव भेटिएकामा २४ शव पोखरा पठाइएको छ भने १४ शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ । 

आवश्यक विवरण र नमुना सुरक्षित राखिने प्रशासनले जनाएको छ । शव व्यवस्थापन कार्य संवेदनशील भएकाले स्वास्थ्य, सुरक्षा तथा स्थानीय प्रशासनको समन्वयमा आवश्यक मापदण्ड पूरा गरी काम अघि बढाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर