२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

मधेश प्रदेशमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन

Nada
२०८१ जेठ २५ गते १३:५१
Shares
मधेश प्रदेशमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन

काठमाडौं : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

ncell

प्रदेश प्रमुख सावित्री सुवेदी भण्डारीले मुख्यमन्त्री सिंहको सिफारिसमा १३ जना मन्त्री नियुक्त गरेकी हुन् । सिंह पनि आजै बिहान मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रदेश प्रमुख सुवेदीले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम कार्य विभाजनसहित  मन्त्रिपरिषद् गठन गरेकी हुन् । 

जसअनुसार सरोज कुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । यस्तै भरत प्रसाद साह अर्थमन्त्री, गोविन्द बहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी, युवराज भट्टराई उद्योग, बाणिज्य तथा पर्यटन, शत्रुधन प्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या, बेची लुंगेली ऊर्जा, सिंचाइ तथा खानेपानी, प्रमोद कुमार जयसवाल खेलकुद तथा समाज कल्याणमन्त्री बनेका छन् । 

यसैगरी विमला अन्सारी गृह, सञ्चार तथा कानून, उर्मिला चौधरी श्रम तथा यातायात मन्त्री बन्दा केशव राय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री, शारदादेवी थापा शिक्षा तथा संस्कृति राज्यमन्त्री र रञ्जुकुमारी मण्डल बिना विभागीय राज्यमन्त्री बनेका छन् ।

नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर