२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

बागमती प्रदेश : सवारी दुर्घटनामा ३ सय ४ जनाको मृत्यु

Nada
२०८१ साउन ८ गते ११:१३
Shares
बागमती प्रदेश : सवारी दुर्घटनामा ३ सय ४ जनाको मृत्यु

बागमती : सवारी दुर्घटना कम गर्न बागमती प्रदेशका जिल्लाहरूमा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले आर्थिक २०८०/८१ मा रु १७ करोड ७८ लाख १७ हजार राजस्व संकलन गरेको छ । 

ncell

उपत्यकाका तीन जिल्लाबाहेक बागमतीका १० जिल्लामा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा  दुई लाख २८ हजार दुई सय दुई सवारीमाथि कारबाही गरी रु १७ करोड ७८ लाख १७ हजार राजस्व संकलन गरेको हो । 

पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र रिडर गणबाट सवारी गति निगरानी गरिरहेको र सो क्रममा ट्राफिक नियम उल्लंघन गर्ने दुई लाख २८ हजार दुई सय दुई सवारीमाथि कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहन खाणले जानकारी दिए ।

सो अवधिमा बागमतीका १० जिल्लामा भएको एक हजार पाँच सय ३६ सवारी दुर्घटनामा तीन सय १५ जनाको मृत्यु भएको छ भने तीन हजार एक सय ९९ जना घाइते भएको उनले बताए । 

ट्राफिक व्यवस्थापन कार्यालय रामनगरले गत आर्थिक वर्ष २०७९/८० मा  दुई लाख ९१ हजार दुई सय ९३ सवारीमाथि कारबाही गरी रु २६ करोड ३६ लाख ८३ हजार पाँच सय राजस्व संकलन गरेको थियो । सो आवमा एक हजार तीन सय ६२ सवारी दुर्घटनामा तीन सय चार जनाको मृत्यु भएको थियो । 

 त्यसअघि आव २०७८/७९ मा कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने दुई लाख ५० हजार नौ सवारीमाथि कारबाही गरी रु दुई करोड ४१ लाख ७० हजार राजस्व संकलन गरेको थियो । क्षमताभन्दा बढी यात्री बोक्ने, तीव्रगतिमा सवारी चलाउने, बिनाहेलमेट र तीन जना सवार भएर मोटरसाइकल चलाउने प्रवृत्ति बढेकाले राजमार्ग तथा अन्य सहायक मार्गमा सवारी जाँचमा कडाइ गरिएको प्रनाउ खाणले बताए । 

ताजा खबर

सम्बन्धित खबर