२०८२ असोज ३ गते शुक्रवार / Sep 19 , 2025 , Friday
२०८२ असोज ३ गते शुक्रवार
Ads

मुख्यमन्त्री आचार्यको घरमा आगजनीः आफन्तको घरमा आश्रय लिन बाध्य

shivam cement
मध्यान्ह
२०८२ असोज ३ गते २१:१०
मुख्यमन्त्री आचार्यको घरमा आगजनीः आफन्तको घरमा आश्रय लिन बाध्य

अर्घाखाँची : भदौ २४ गते जेनजी आन्दोलनको नाममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको घरमा आगजनी भयो । आगजनीबाट आचार्यको घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट हुनुका साथै सिंगो  घर समेत जलेर ध्वस्त भयो । 

यो घर आचार्य सांसद नहुँदै पैतृक सम्पत्ति र उनकी श्रीमती दीपा आचार्यको जागिरबाट आएको आम्दानीबाट बनेको घर हो । घर जलेपछि मुख्यमन्त्री आचार्यको परिवार आफन्तको घरमा आश्रय लिएर बस्न बाध्य भएको छ । 

२३ गते काठमाडौंमा भएको घटनाले निकै चिन्तित बनेको आचार्य परिवारले अर्को दिन हुल आएर आफ्नो घर जलाउँलान भन्ने कल्पना पनि गरेका थिएनन् । 

काठमाडौंमा भएका घाइतेलाई कसरी बचाउन सकिन्छ, उनीहरुलाई के सहयोग गर्नुपर्छ भनि  उनि निरन्तर सम्पर्कमा थिए । तर कल्पना नगरेको उनको घरलाई नै निशाना बनाएर आगजनी गरियो ।

अर्घाखाँची जिल्लामा आन्दोलनकारीले अलि बढी राजनीतिक दलका पार्टी कार्यालयलाई निशाना बनाएका थिए । उनीहरुले अरु पार्टी कार्यालयका सामग्री बाहिर ल्याएर सामान मात्र आगजनी गरेपनि नेकपा एमालेको पार्टी कार्यालय भने पूर्णरुपमा ध्वस्त हुनेगरी आगजनी गरे । एमाले पार्टी कार्यालय आगजनी गरेको भिडले तत्कालै मुख्यमन्त्री आचार्यको घरमा आगजनी गर्‍यो । आगजनीको समयमा मुख्यमन्त्री आचार्य प्रदेश राजधानी दाङ थिए ।

आचार्यको घर आगजनी गर्न आउने समूहलाई स्थानीय बासिन्दाले आगजनी नगर्न धेरै अनुरोध गरेको थिए । रोए, कराए तर  त्यहाँ सुन्नेवाला कोही थिएन । 

स्थानीयले गरेको आग्रह निरर्थक भयो । बरु उनीहरुले उल्टो धम्कि खेप्नु पर्‍यो । आफ्नो घर र घरमा भएका धन,सम्पत्ति, सर–सामान पुरै जलेर नष्ट भएपनि मुख्यमन्त्री आचार्य अझै घरमा आउन पाएका छैनन् ।

घर,परिवार र धनसम्पत्ति भन्दा जनता ठुलो भन्दै काममा खटिने उनले आफ्नोघर जलेकोप्रति सोच्नसम्म पाएका छैनन् ।

उनलाई मृतकको परिवार, घाइते र घरवारविहीन  बनेकाहरुको  चिन्ताले सताएको छ । क्यान्सर, मिर्गौला लगायतका जटिल रोगलाई जितेर यहाँसम्म आएका आचार्यको जीवन निकै संघर्षमय छ । उनको जीवन जति संघर्षमय छ, उनी जनताको बीचमा पनि त्यत्तिकै लोकप्रिय छन् । 

निस्वार्थ भावले राजनीतिमा लागेका उनी स्वच्छ छवि भएका सरल, इमान्दार र जुझारु नेता हुन् । सत्य र इमानको राजनीति गर्ने उनले सरकारमा रहँदा वा नरहँदा कहिल्यै इमान्दारीता र स्वाभिमान बेचेनन् । आचार्य जब मुख्यमन्त्री बने उनले कुनै नेताले गर्न नसक्ने थुप्रै काम गरेर एउटा इमान्दार र स्वाभिमानी नेताको रुपमा आफुलाई अब्बल साबित गरे ।

आफू मुख्यमन्त्री भएसँगै उनले पूर्वविशिष्ट पदाधिकारीलाई दिँदै आएको(सवारी साधन,इन्धन,मर्मत) फिर्ता गराए ।

सरकारी कार्यक्रम होटल रेष्टुरेन्टमा सञ्चालन नगरी सरकारी हलको प्रयोग गर्ने, सरकारी आवासको प्रयोग गर्ने, स्वागत, बिदाइ आतिथ्यता लगायतका  कार्यक्रममा खादा,मालाको प्रयोग नगर्ने, ५ लाख भन्दा बढी रकम भएका आयोजना टेण्डर प्रकियाबाट सार्वजनिक प्रतिस्पर्धाका आधारमा गराउने, स्वकीय सचिवमा आफन्त र परिवारका सदस्यलाई नराख्ने, अतिजरुरी बाहेक जिल्ला भ्रमण नगर्ने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता लागु गर्ने, कार्यालयमा गरिने दैनिक फजुल खर्च रोक्ने लगायतका खर्च कटौतीका निर्णय गरेर उनले प्रदेश सरकारको करोडौं रकम चुहावट हुनबाट जोगाए । 

आचार्य मुख्यमन्त्री भएपनि उनकी श्रीमती दीपा आचार्य धेरैजसो अर्घाखाँचीमै बस्थिन् । उनलाई मुख्यमन्त्रीकी श्रीमती भन्ने पटक्कै घमण्ड थिएन । बरु उनले जनतालाई कसरी सेवा पुर्‍याउन सकिन्छ भनेर दिनरात चिन्तित देखिन्थिन ।

सामान्य पोशाक र सहजताका कारण उनलाई धेरैले रुचाउँछन् र मनमा लागेको कुरा ढुक्कले भन्छन् । श्रीमती आचार्य करिब २८ वर्ष शिक्षण पेसा गरेर केहीवर्ष पहिले सेवा निवृत्त भएकी हुन् । पेशामा रहँदा उनी अब्बल शिक्षक थिइन् । 

दैनिक डेढ घण्टाको बाटो हिँडेर शिक्षण गर्ने उनले खाइनखाइ थोरैथोरै पैसा जम्मा गरेर सन्धिखर्क बजार भन्दा केही टाढा सन्धिखर्क–१ को हटारी नेटामा घर बनाइन्  । 

२०६६ सालमा ऋणधन गरेर घर बनाउँदा उनले जीवनमा ठूलो खुसीको अनुभूति गरेकी थिइन्, तर विडम्बना उनको २८ वर्षको जागिरे जीवन र श्रमबाट बनेको घर ध्वस्त भएको छ ।

श्रीमती आचार्यको थातबास सबै सकिएको छ । थातबास नभए पनि जनताले देखाएको प्रेम र मायाले आफूलाई शान्त्वना मिलेको उनको भनाइ छ ।

ADV

सम्बन्धित खबर

Advertise