
काठमाडौं : मोटरसाइकल ब्रान्ड बजाजले काठमाडौंमा ‘ग्रान्ड एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ । पुराना मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल लान सकिनेगरी कम्पनीले भृकुटीमण्डपमा शुक्रबारदेखि ८ गतेसम्म सञ्चालन हुनेगरी सो कार्निभल आयोजना गरेको हो ।
ग्राहकलाई लक्षित गरी ल्याइएको यस योजनामा २२ भन्दा बढी मूल्यांकनकर्ताबाट आफ्नो पुरानो सवारीसाधनको उच्चतम मूल्यांकन प्राप्त गर्न सकिने जनाइएको छ । साथै, थप मूल्यांकन १० हजार रुपैयाँसम्मको, आकर्षक नगद छुट, निःशुल्क एसेसरिज र अन–द–स्पट फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
त्यसैगरी, सहभागीले प्रत्येक दिन हुने लक्की ड्रमार्फत ५० हजार रुपैयाँसम्म जित्ने अवसर पाउनेछन् । साथै, ‘चेतक एक्सपिरियन्स जोन’मार्फत बजाजको नयाँ इलेक्ट्रिक स्कुटर चेतकको अनुभव लिन पनि सकिनेछ । यस योजनाअनुसार जुनसुकै कम्पनीका पुराना बाइक वा स्कुटर ल्याई तत्कालै नयाँ बजाज बाइक खरिद गर्न सकिनेछ ।
त्यस्तै, नागरिकताको आधारमै फाइनान्स गर्न सकिने भएकाले, पहिलेझैं घरजग्गाको लालपुर्जा, बिजुली वा पानीको बिल, आयस्रोतको प्रमाणपत्रजस्ता कागजात आवश्यक नपर्ने कम्पनीले जनाएको छ । शून्य सर्भिस चार्ज र सरल किस्ताबन्दीमा बाइक लिन चाहने ग्राहकले पनि अन–द–स्पट फाइनान्स गरेर सजिलै मोटरसाइकल प्राप्त गर्न सक्नेछन् ।