२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

सानुको पहिलो कृति गजल संग्रह 'मकरन्द' विमोचन

Nada
तिलु शर्मा पौडेल
२०८२ असोज ३ गते १८:४२
Shares
सानुको पहिलो कृति गजल संग्रह 'मकरन्द' विमोचन

दोहा, कतार : नेपाली साहित्यिक आकाशमा नवोदित साहित्यकार सन्दीप थपलिया 'सानु'को नयाँ कृति थपिएको छ । सानुद्वारा बहर र बे-बहर दुवै समेटेर लेखिएको गजल संग्रह 'मकरन्द'को कतारमा विमोचन भएसँगै साहित्यिक आकाशमा नयाँ कृति थपिएको हो ।

ncell

कतारमा शुक्रबार सम्पन्न १६०औं मोतिजयन्ती, अनेसास कतार च्याप्टरको ११औं अधिवेशन तथा अनेसास-नवोदित साहित्यिक वाचन डबली १६२औं  वाचन श्रृंखलामार्फत सानुको गजल संग्रह 'मकरन्द'को विमोचन गरिएको हो । एक सय एक वटा गजल समावेश भएको कृतिलाई कार्यक्रमका सभापति यादव रेग्मी, प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष दिलकुमार श्रेष्ठ, नेपाली काव्य क्षेत्रका उपल्लाधुरी, अग्नि महाकाव्य (२०७८) का लागि मदन पुरस्कार विजेता श्रद्धेय कवि डा. नवराज लम्साल, स्वयं लेखकलगायतले सामूहिक रूपमा कृतिको विमोचन गरेका थिए । 

पुस्तकका बारेमा साहित्यकार श्यामराज रानाभाटले आफ्ना धारणा राख्दै पुस्तकको समीक्षा पाठकले गर्ने हुँदा कृति विमोचनलगत्तै समीक्षा आवश्यक नरहने सुझात्मक समीक्षा गरे । आँखा कृति लेख्ने क्रमका अनुभव साट्दै लेखक सानुले नेपालबाट साहित्यमा कलम चलाउँदै आएको स्मरण गर्दै कतारमा रहेका साहित्यिक संस्था अनेसास कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारसहित आफ्नो परिवारलगायत सबैप्रति आभार व्यक्त गरे । उनले नेपाली साहित्यलाई थप मलजल गर्ने प्रतिबद्धता जनाए ।

पुस्तकमा समावेश एक गजल साहित्यकार निर्दोष बस्यालले वाचन गरेका थिए । पब्लिकेसनबाट बजारमा आएको पुस्तकको मूल्य ३ सय ९९ रुपैयाँ कायम गरिएको छ । 

विसं २०५५ साल मंसिर २८ गते तेह्रथुमको आठमे गाउँपालिका वडा नम्बर ६ मा जन्मिएका लेखक थपलिया वैदेशिक रोजगारीको सिलसिलामा सन् २०१७ को अन्तिममा कतार प्रवेश गरेका हुन् । स्नातकसम्मको अध्ययन गरेका थपलिया कतारमा हरेक महिना सञ्चालन हुने वाचन डबलीअन्तर्गत ८४औं डबलीबाट कतारमा हुर्कँदै गरेको साहित्यसँग जोडिएका हुन् । साहित्यिक संस्था नवोदित साहित्यिक वाचनालय कतारका भूतपूर्व अध्यक्षसमेत रहेका थपलियाका परिवार झापाको विर्तामोड ८ गरामनी बसोबास गर्छन् । उनको बुबा-आमा, भाइ र श्रीमतीसहित ५ जनाको परिवार रहेको छ ।

uae

सम्बन्धित खबर