काठमाडौं : वरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले ठुला राजनीतिक दलका शिर्ष नेताहरुकै कारण लोकतन्त्र असफल भएकाले उनीहरुले राजीनामा दिनुपर्ने बताएका छन् ।
ठुला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रको नेतृत्व गरिरहेकै नेताहरु असफल भएको प्रमाण आन्दोलनबाट पुष्टि भइसकेको बताएका हुन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले नेता र नेतृत्वको विरुद्धमा जनता सडकमा निस्किनु भनेको उनीहरु असफल भएको प्रमाण रहेको जिकिर गरे ।
कांग्रेस र एमाले र माओवादीको नेतृत्व गर्नेहरुले सरकारको पतनसँगै आफ्नो पार्टीमा राजीनामा बुझाउनुपर्नेमा त्यो हुन नसकेको बताए । आन्दोलनमा टेकेर भएको अपराध, तोडफोड, हत्याले शीर्ष नेताहरु राजकाज चलाउन असफल भएको स्पष्ट हुने बताए ।
जेनजी आन्दोलन शिर्ष नेताहरुको नेतृत्वको असफलतामै टेकेर भएको बताए । पार्टी दुब्लाएर हात्तीबाट मुसा भइसक्दा समेत माओवादीको नेतृत्वबाट पुष्पकमल दाहालले छोड्न नसकेको उनले बताए ।
उनले कार्यकर्ताहरुले सचेततापूर्वक शीर्ष नेताहरुलाई पार्टीबाट अब बिदाइ गर्नुपर्ने बताए ।