२०८२ भदौ २८ गते शनिवार / Sep 13 , 2025 , Saturday
२०८२ भदौ २८ गते शनिवार
Ads

मलेसियामा ‘एनएफए कप-२०२५’ हुने

shivam cement
दिवस रिजाल
२०८२ भदौ २७ गते २१:०४
मलेसियामा ‘एनएफए कप-२०२५’ हुने

पेनाङ, मलेसिया : मलेसियामा स्थापित फुटबल क्लबहरूको साझा संस्था नेपाली फुटबल संघ मलेसियाले पहिलोपटक ‘एनएफए कप–२०२५’ आयोजना गर्ने घोषणा गरेको छ ।

आयोजक संस्थाका अनुसार यो प्रतिष्ठित प्रतियोगिता आगामी १९ र २० अक्टोबर २०२५ मा पेनाङ राज्यको बुकित मेर्ताजाममा हुने तय भएको छ ।

प्रतियोगितामा सहभागी हुन टोली दर्ता २० सेप्टेम्बर २०२५ भित्र गर्न सकिनेछ । विजेताले आरएम ३० हजार प्राप्त गर्नेछ भने उपविजेताले आरएम १५ हजार पुरस्कार पाउने छन् ।

आयोजक संघका अनुसार प्रथम ‘एनएफए कप–२०२५’को उद्देश्य मलेसियामा रहेका नेपाली आप्रवासीबीच एकता, मैत्री र खेल भावना मजबुत बनाउनुका साथै प्रतिभावान खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर उपलब्ध गराउनु हो ।

नेपाली फुटबल संघ मलेसियाले देशभरका सबै नेपाली फुटबल टोलीलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ । साथै, खेलप्रेमी, समर्थक र सम्पूर्ण नेपाली समुदायलाई पेनाङ उपस्थित भई यो ऐतिहासिक क्षणलाई सफल बनाउन निमन्त्रणा गरिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise