२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

धुमपान र सूर्तीजन्य पदार्थको नियन्त्रणसम्बन्धी अन्तरक्रिया सम्पन्न

Nada
२०८२ भदौ २२ गते २१:५१
Shares
धुमपान र सूर्तीजन्य पदार्थको नियन्त्रणसम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं : धुमपान तथा सूर्तीजन्य पदार्थको प्रभाव नियन्त्रण गर्न कर वृद्धि नै प्रभावकारी उपाय हुने स्वास्थ्य विज्ञहरूले बताएका छन्।

ncell

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितको अध्यक्षतामा आयोजित सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले कर संरचना सशक्त बनाउनु पर्नेमा जोड दिएका हुन्।

कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य अधिकृत उपेन्द्र ढुंगाना र डा. जयकुमार गुरुङले ‘सूर्तीजन्य पदार्थ नियन्त्रण : कर संयन्त्रको भार कति र कसरी’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

ढुंगानाका अनुसार धुमपान तथा सूर्तीजन्य पदार्थ सेवनका कारण ९९ प्रतिशत क्यान्सर हुने गरेको तथ्याङ्क छ। उनले ११ प्रतिशत मानिस अप्रत्यक्ष धुमपान (सेकेन्ड ह्यान्ड स्मोक) बाट प्रभावित हुने भन्दै यसको प्रमुख नियन्त्रण उपाय कर वृद्धि नै भएको उल्लेख गरे।

त्यसैगरी, डा. गुरुङले सूर्ती नियन्त्रणका लागि शक्तिशाली रणनीति कर वृद्धि नै भएको औंल्याए। उनले एकीकृत कर संरचना अपनाए मात्र नियमन र कार्यान्वयन प्रभावकारी हुने उल्लेख गर्दै यसका लागि अर्थ मन्त्रालय र स्थानीय निकायले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए।

सम्बन्धित खबर