२०८२ भदौ २३ गते सोमवार / Sep 08 , 2025 , Monday
२०८२ भदौ २३ गते सोमवार
Ads

संविधान संशोधनको प्रक्रिया छिट्टैः प्रधानमन्त्री ओली 

shivam cement
मध्यान्ह
२०८२ भदौ २२ गते १९:०३
संविधान संशोधनको प्रक्रिया छिट्टैः प्रधानमन्त्री ओली 

गोदावरी (ललितपुर)– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रक्रिया छिट्टै सुरु गर्ने बताएका छन् । 

गोदावरीमा जारी दोस्रो विधान महाधिवेशनमा प्रस्तुत राजनीति प्रतिवेदनमाथि प्रतिनिधिले उठाएका प्रश्नको जवाफ दिदैं कांग्रेस–एमालेबीचको सहमति अनुसारै संविधान संशोधनको काम अघि बढ्ने बताएका हुन् । 

गत वर्ष १७ असारमा कांग्रेस–एमाले गठबन्धन बन्दा संविधान संशोधनलाई मुख्य मुद्दा बनाइएको थियो । ‘सरकारले अहिले देखिएको शासकीय स्वरुप, निर्वाचन प्रर्णाली र संविधान कार्यान्वयन र्गे सन्दर्भमा देखा परेका बाधाहरुलाई फुकाउनका निम्ती संशोधनको अपरिहार्यता भएकाले संविधान विद र कानून विदहरु संम्मीलित विज्ञ समुह गठन गरी संविधान संशोधन प्रक्रिया अघि बढाइने छ’, प्रधानमन्त्री ओलीले भने, ‘संविधान र कानून क्षेत्रका वित्रहरुको सुझावका आधारमा सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाउने छ ।’ 

प्रधानमन्त्री ओलीले अब हुने संविधान संशोधन प्रक्रिया यसअघिको जस्तो जनस्तरमा पुगेर सुझाव संकलनका आधारमा नगरिने पनि बताए । 

ADV

सम्बन्धित खबर

Advertise