२०८२ भदौ २२ गते आइतवार / Sep 07 , 2025 , Sunday
२०८२ भदौ २२ गते आइतवार
Ads

प्याराडाइजलाई स्टार कप फुटबलको उपाधि

shivam cement
सुवास लामिछाने
२०८२ भदौ २१ गते २०:४८
प्याराडाइजलाई स्टार कप फुटबलको उपाधि

माडी, चितवन : स्टार स्पोर्ट युवा क्लब बरुवाको आयोजनामा भएको स्टार कप फुटबल प्रतियोगिताको उपाधि प्याराडाइज युवा क्लब रत्ननगरले जितेको छ । शनिबार सम्पन्न फाइनल प्रतिस्पर्धामा आयोजक स्टार स्पोर्ट क्लब बरुवालाई २–० गोलअन्तरले पराजित गर्दै रत्ननगरले उपाधि जितेको हो ।

उपाधि विजेता रत्ननगरले २ लाख ५१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गर्‍यो भने उपविजेता बनेको आयोजक बरुवाले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझायो ।

३०औं संस्करणको प्रतियोगितामा रत्ननगरलाई उपाधि दिलाउन शिशिर लेखी र राज भुसालले समान एक–एक गोल गरेका थिए । प्रतियोगितामा सर्वाधिक गोलकर्ता प्याराडाइजका राज भुसाल, उत्कृष्ट गोलरक्षक आयोजक बरुवाका किशोर कोइराला घोषित भए ।

यसैगरी इमर्जिङ खेलाडी बसन्तपुर युनाइटेड क्लब माडीका प्रतिक महतो, उत्कृष्ट कोच प्याराडाइजका चन्दन चौधरी घोषित भए । यस्तै फेयर प्ले अफ द टिम माडीको बसन्तपुर युनाइटेड बन्न सफल भयो भने प्लेयर अफ द सिरिज आयोजक टिमका  हेम तामाङ बन्न सफल भए । भदौ १० गतेबाट सुरु भएको प्रतियोगितामा देशभरका १० टोलीको सहभागिता रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise