इटहरी : समृद्धि फाइनान्स कम्पनी लिमिटेडको इटहरी शाखाले आफ्नो तेस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । इटहरी शाखाका ग्राहक र स्थानीय व्यक्तिको उपस्थितिमा फाइनान्सले वार्षिकोत्सव सम्पन्न गरेको हो ।
वार्षिकोत्सवका अवसरमा शाखाले आफ्नो तीन वर्षको प्रगति विवरण सार्वजनिक गर्दै हालसम्मको उपलब्धि प्रस्तुत गरेको थियो । कार्यक्रममा फाइनान्सका शाखा प्रमुखले ग्राहकको साथ र विश्वासकै कारण शाखाले निरन्तर प्रगति हासिल गरेको जानकारी गराउँदै आगामी दिनहरूमा थप प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ भने आरटिजिएस, आइपिएस, कनेक्ट आइपिएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ डेबिट कार्ड, क्युआर कोडजस्ता डिजिटल सुविधा प्रदान गरिरहेको छ ।