२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

कतारको नजमामा गोल्डस्टारको दोस्रो आउटलेट सञ्चालनमा

Nada
तिलु शर्मा पौडेल
२०८२ भदौ १९ गते २१:२३
Shares
कतारको नजमामा गोल्डस्टारको दोस्रो आउटलेट सञ्चालनमा

दोहा, कतार : कतारको नेपाली चोक अर्थात् नजमामा गोल्ड स्टार फुटवेयरको दोस्रो आउटलेट सञ्चालनमा आएको छ । एसियन टाउनको प्लाजा मलमा नेपालमा बनेको गोल्ड स्टार फुटवेयरको पहिलो आउटलेट सञ्चालनमा ल्याएका प्युठानका मधुसूदन केसीले थुप्रै नेपाली रेस्टुरेन्ट तथा नेपालीहरूको व्यवसायको संगम स्थल रहेको नजमामा बिहीबारबाट दोस्रो आउटलेट सञ्चालनमा ल्याएका हुन् ।

ncell

उक्त आउटलेटको नेपाल व्यवसायी संघ कतारका प्रमुख संरक्षक तथा कतारका प्रथम व्यवसायी डा. देवकाजी डंगोल, उपाध्यक्ष रमेश भट्ट र सल्लाहकार सागर नेपाललगायतले रिबन काटेर समुद्घाटन गरेका थिए । समुद्घाटनलगत्तै डंगोलले केसीलाई व्यावसायिक सफलताको शुभकामनासमेत दिए । स्वदेशी उत्पादनलाई विदेशमा पनि चिनाउनुपर्छ भन्ने उद्देश्यका साथ केसीले गोल्ड स्टारको आउटलेट कतारमा चार वर्ष पहिले भित्र्याएका हुन् ।

सो आउटलेटमा नेपालमै बनेका लेभल जिन्स, डिआरजे डेनियम र ब्ल्याकबर्ड भिन्टेज डेनियमका टिसर्ट, ट्राउजर, कमिज तथा पाइन्टहरू सुपथ मूल्यमा उपलब्ध रहेका छन् भने २० प्रतिशतसम्म छुट रहेको सञ्चालक केसीले बताए । अनलाइन माध्यमबाट पनि गोल्ड स्टार फुटवेयरको बिक्री गरिने जानकारी नेपालका अन्य उत्पादनलाई छिट्टै कतारमा भित्र्याउने तयारी गरिरहेको समेत केसीले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर