२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सन नेपाल लाइफ इन्स्योरेन्सको एन्टी मनी लाउन्ड्रिङ तथा सिएफटी सम्पन्न

Nada
२०८२ भदौ १७ गते २१:०८
Shares
सन नेपाल लाइफ इन्स्योरेन्सको एन्टी मनी लाउन्ड्रिङ तथा सिएफटी सम्पन्न

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले एन्टी मनी लाउन्ड्रिङ तथा सिएफटीका साथै संस्थागत सुशासनसम्बन्धी विशेष तालिम कोहलपुरमा सम्पन्न गरेको छ ।

ncell

सो कार्यक्रममा नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, तथा उपनिर्देशक पदम प्रसाद सोडारीले तालिम प्रदान गरे । उनले मनी लन्डरिङ र आतंकवादी वित्तीयकरण जस्ता विश्वव्यापी चुनौतीहरूले बिमा क्षेत्रलाई समेत प्रभावित गर्न सक्ने भएकाले समयमै सचेत रहनुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा नारायणी क्षेत्र, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका शाखा प्रमुखलगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, नायब प्रमुख कार्यकारी अधिकृत कवि फुयाल,  प्रमुख बजार अधिकृत गणेश चौलागाइ तथा कम्पनीका विभागीय प्रमुखहरूको  उपस्थिति थियो ।

सम्बन्धित खबर