२०८२ भदौ १७ गते मङ्गलवार / Sep 02 , 2025 , Tuesday
२०८२ भदौ १७ गते मङ्गलवार
Ads

मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि २५ गतेसम्म दल दर्ता

shivam cement
मध्यान्ह
२०८२ भदौ १७ गते १३:४९
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि २५ गतेसम्म दल दर्ता

काठमाडौं : निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १ को २ मा हुने प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि भदौ १९ गतेदेखि दल दर्ता सुरु हुने जनाएको छ ।

आयोगले आज सूचना जारी गरी भदौ १९ गतेदेखि २५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको हो ।

गण्डकी प्रदेशको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा भाग लिन आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको र राजनीतिक दलसम्बन्धी ऐनअनुसार भदौ १९ देखि २५ गतेसम्म निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि आयोगमा निवेदन दिन सूचना जारी गरेको हो ।

दल दर्ताका लागि निवेदन दिँदा निवेदनमा राजनीतिक दलसम्बन्धी नियमावलीको ढाँचामा निवेदन, राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालयको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेललगायत विवरण पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

मनाङ क्षेत्र नम्बर १ (२)बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) ज्यान मुद्दामा कारागार चलान भएपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise