२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

पार्टीका नेता कार्यकर्तालाई एमाले महासचिवको निर्देशन- 'वडा तहसम्म पार्टी कार्यालय सञ्चालन गर्नू'

Nada
२०८२ भदौ १६ गते १४:२५
Shares
पार्टीका नेता कार्यकर्तालाई एमाले महासचिवको निर्देशन- 'वडा तहसम्म पार्टी कार्यालय सञ्चालन गर्नू'

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले वडा तहसम्म पार्टी कार्यालय स्थापना र सञ्चालन गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

ncell

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित आनन्दप्रसाद पोखरेलद्वारा लिखित पुस्तक कम्युनिष्ट पार्टी निर्माणका आधारको विमोचन गर्दै उनले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने उद्देश्य हासिल गर्न पनि हरेक वडा तहसम्म पार्टी कार्यालय सञ्चालन गर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराएका हुन् ।

अझै पनि पार्टीको काम पालिका तहसम्म मात्रै क्रियाशील रहेको उल्लेख गर्दै महासचिव पोखरेलले त्यसले एमालेलाई  निर्णायक राष्ट्रिय शक्ति बनाउने उद्देश्य हासिल गर्न नसक्ने बताए ।

उनले पार्टीको नीतिअनुसार जनमत तयार गर्नसक्दा मुलुकमा राजनीतिक अस्थिरताको सबैभन्दा ठुलो समस्या अझै पनि रहेकाले त्यसलाई अन्त्य गर्नेगरी पार्टी कामलाई तल्लो तहसम्म पुर्‍याउन आवश्यक रहेको पनि बताए ।

महासचिव पोखरेलले वडालाई पार्टी कामको केन्द्रबिन्दु बनाउने कुराले मात्रै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण गर्न सकिने बताए । उनले एमालेको नीतिलाई राष्ट्रिय नीतिको रुपमा अघि बढाउने सामर्थ्य विकास हुने गरी पार्टी काममा लाग्नुपर्ने समेत बताए । 

महासचिव पोखरेलले एमाले एमालेले जबजको नीति लिएको र त्यसलाई सामयिक बनाउँदै लैजानुपर्ने पनि बताए ।

सम्बन्धित खबर