काठमाडौं : फाेक्साेकाे उपचारका क्रममा भारतको चेन्नाइमा निधन भएका बामपन्थी नेता मणिक लामाको आज अन्त्येष्टि गरिने भएको छ । उनको आज ११ बजे बौद्ध परम्पराअनुसार अन्त्येष्टि गर्न लागिएको लामाकी छोरी एवं एमाले सांसद नविना लामाले जानकारी दिएकी छिन् ।
स्वयम्भूस्थित बुद्ध धर्म सेवा संघको परिसरमा लामाको अन्त्येष्टि गरिन लागिएको हो ।
उनले २०३५ सालमा बामपन्थी नेता श्याम श्रेष्ठबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।
राजनीतिसँगै सामाजिक रूपमा पनि सक्रिय लामाले पञ्चायत विरूध्द राजनीतिक अभियानमा अग्रणी भूमिका खेलेका कारण तत्कालीन राज्यसत्ताले उनलाई पटकपटक जेल सजाय दिएकाे थियाे । लामाले राजद्रोहको मुद्दामा तीन वर्ष जेल सजाय समेत बिताएका थिए ।
६५ वर्षीय लामाका एक श्रीमती, तीन छाेरी र एक छाेरा छन् ।