२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

‘इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स’ प्रदर्शनी सम्पन्न

Nada
२०८२ भदौ १५ गते २०:३४
Shares
‘इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स’ प्रदर्शनी सम्पन्न

काठमाडौं : भृकुटीमण्डपमा आयोजित नेपाल इलेक्ट्रिक पावर एन्ड लाइट्स तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करण आइतबार सम्पन्न भएको छ ।

ncell

प्रदर्शनीमा विद्युत् तथा विद्युतीय क्षेत्रमा आबद्ध विभिन्न कम्पनीका प्रतिनिधि, सरकारी निकायका पदाधिकारी, विदेशी तथा स्वदेशी ब्रान्डका सामग्री, वितरण गर्न इच्छुक व्यक्ति तथा संस्था, व्यापारी, उद्योगी, तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

स्वदेशी तथा विदेशी कम्पनीका १ सयभन्दा बढी स्टल रहेको प्रदर्शनीमा ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा कन्ट्रोल डिभाइस्, हाउस वायरिङका सामग्री, तार, केबुल एवं कन्डक्टरलगायतका उत्पादक तथा विक्रेताको सहभागिता थियो । विद्युतीय उपकरणलाई प्रवर्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामग्रीको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्धनका लागि सो प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ ।

शुक्रबारबाट मिडिया स्पेस सोल्युसनस्, फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स तथा एक्जिबिसन एन्ड ट्रेड सर्विसेस इन्डियाले संयुक्त रूपमा प्रदर्शनीको आयोजना गरेका थिए । सो प्रदर्शनीमा नेपाल विद्युत् प्राधिकरण र नेपाल सौर्य विद्युत् उत्पादक संघ सहयोगीको रूपमा रहेका थिए ।

सम्बन्धित खबर