२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

तेक्वान्दोमा बुबा–छोराले नै जिते स्वर्ण

Nada
२०८२ भदौ १५ गते २०:०२
Shares
तेक्वान्दोमा बुबा–छोराले नै जिते स्वर्ण

काठमाडौं : सातदोबाटोस्थित एनटिए हलमा भदौ १२ देखि १५ गतेसम्म सम्पन्न चौथो एनटीए लिग राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वस्तिक तेक्वान्दो डोजाङले उत्कृष्ट प्रदर्शन गर्दै ७ स्वर्ण, ५ रजत र ६ कास्य पदक हात पारेको छ ।

ncell

प्रतियोगिताको विशेष आकर्षण भने स्वस्तिक डोजाङका प्रशिक्षक प्रेमकुमार दर्नाल र उनका छोरा पल्सन दर्नालले एउटै प्रतियोगितामा स्वर्ण पदक जित्नु रह्यो । नेपाल तेक्वान्दोको इतिहासमै पहिलोपटक एउटै प्रतिस्पर्धामा बुबा–छोराले स्वर्ण जितेका हुन् ।

३० वर्षमाथिको समूहमा खेलाडीसमेत रहेका प्रशिक्षक प्रेमकुमार दर्नालले दुई स्वर्ण जित्दा, उनका छोरा पल्सनले १२ वर्षमुनिको ग्रुप पुम्सेतर्फ स्वर्ण पदक जित्न सफल भए ।

त्यस्तै, १० वर्षमुनिको व्यक्तिगत पुम्सेतर्फ प्रसिद्ध तामाङ, १४ वर्षमुनिको व्यक्तिगत पुम्सेतर्फ आयुष मोते, १२ वर्षमुनिको पियर पुम्सेतर्फ सुमन तामाङ र युनिशा राना मगर, १० वर्षमुनिको ग्रुप पुम्सेतर्फ प्रसिद्ध तामाङ, रोमन लोप्चन र प्रमित परियार, तथा १४ वर्षमुनिको पियर पुम्सेतर्फ समृद्धि अधिकारी र आयुष मतेले पनि स्वर्ण पदक हात पारे ।

रजततर्फ युनिसा राना मगर, सुमन तामाङ, लक्ष्मी न्यौपाने, अर्लीना चौधरी, अंकित जंग गेरोगी, थापा मगरलगायतका खेलाडीले पदक जिते भने कास्यतर्फ रोमन लोप्चन, मारिका राना, अर्लिना चौधरी, एरिका माझी, दिपेश श्रेष्ठ लगायतले सफलता पाए ।

डोजाङका प्रशिक्षकसमेत रहेका प्रेमकुमार दर्नालले बुबा–छोराले एउटै प्रतियोगितामा स्वर्ण जित्नु डोजाङ र समग्र नेपाली तेक्वान्दो परिवारकै गर्वको विषय भएको प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित खबर