२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

अफगानिस्तानको नंगरहारमा आकस्मिक बाढीका कारण ५ जनाको मृत्यु, ८ घाइते

Nada
२०८२ भदौ १४ गते १३:४५
Shares
अफगानिस्तानको नंगरहारमा आकस्मिक बाढीका कारण ५ जनाको मृत्यु, ८ घाइते

काबुल : अफगानिस्तानको पूर्वी नंगरहार प्रान्तमा आएको भारी वर्षा र त्यसपछि आएको आकस्मिक बाढीका कारण कम्तीमा पाँच जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् ।

ncell

सरकारी समाचार संस्था बख्तरका अनुसार शुक्रबार नङ्गरहारको रोटाट, हास्का मिना र चपरहार जिल्लामा बाढीको स्थिति उत्पन्न भएको हो ।

नंगरहारका सूचना तथा संस्कृति विभागका प्रमुख मौलवी सदीकुल्लाह कुरैशीले बाढीका कारण हजारौँ एकड खेतीयोग्य जमिन बगाएको बताएका छन् । “साथै, कयौँ सडक तथा सिँचाइ नहरहरूमा गम्भीर क्षति पुगेको छ ।”

यसअघि पनि केही साताअघि मात्र अफगानिस्तानका पूर्वी प्रान्त लोगर र परवानमा यस्तै प्रकारका बाढीका कारण जनधनको ठूलो क्षति भएको थियो । 
 

सम्बन्धित खबर