२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

संयुक्त राष्ट्र सुरक्षा परिषद्का १४ सदस्यद्वारा गाजामा युद्धविरामको आह्वान

Nada
२०८२ भदौ १३ गते ११:३७
Shares
संयुक्त राष्ट्र सुरक्षा परिषद्का १४ सदस्यद्वारा गाजामा युद्धविरामको आह्वान

काठमाडौंः संयुक्त राज्य अमेरिका बाहेक संयुक्त राष्ट्र सुरक्षा परिषद्का सदस्यहरूले तत्काल युद्धविरामको साथै गाजामा सैन्य कारबाही विस्तार गर्ने इजरायलको निर्णयलाई उल्टाउन आह्वान गरेका छन् । 

ncell

तत्काल बिना शर्त र स्थायी युद्धविरामको आह्वान गरिएको हो । हमास र अन्य समूहहरूद्वारा रहेका सबै बन्धकहरूको तत्काल सम्मानजनक बिना शर्त रिहाइको आह्वान गरेको छ । 

गाजामा मानवीय सहयोगको ठोस वृद्धिको लागि आह्वान पनि गरेको छ । १४ देशहरूले इजरायललाई गाजा शहर कब्जा गर्ने उद्देश्यले गाजामा आफ्नो सैन्य कारबाहीलाई थप विस्तार गर्ने आफ्नो निर्णयलाई तुरुन्तै उल्टाउन पनि आह्वान गरेका छन् । 

१४ देशहरूमा अल्जेरिया, चीन, डेनमार्क, फ्रान्स, ग्रीस, गुयाना, पाकिस्तान, पानामा, कोरिया गणराज्य, रूस, सियरा लियोन, स्लोभेनिया, सोमालिया र संयुक्त अधिराज्य रहेका छन् । एजेन्सी 

सम्बन्धित खबर