२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

माइतीघरमा जसपा नेपालको प्रदर्शन, डेढ दर्जन नेता पक्राउ

Nada
शिव अधिकारी यदुवंशी
२०८२ भदौ ३ गते १९:३९
Shares
माइतीघरमा जसपा नेपालको प्रदर्शन, डेढ दर्जन नेता पक्राउ

काठमाडौं : गौर हत्याकाण्ड प्रकरणमा सर्वोच्च अदालतले दिएको परमादेशविरुद्ध जनाता समाजवादी पार्टी (जसपा) नेपालले गरेको विरोध प्रदर्शनमा प्रहरीले डेढ दर्जनभन्दा बढी नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।

ncell

प्रदर्शनका क्रममा आधा दर्जनभन्दा बढी घाइते समेत भएका छन् । जसपा नेपालका प्रवक्ता तथा मधेश प्रदेश सदस्य मनिष कुमार सुमन, कार्यकारिणी सदस्य किरण साह, लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले, साथै बबी सिंह, रेणुराज सिंह, केन्द्रीय सदस्य शशिकपुर मियाँ, विद्यार्थी नेता मनिष यादव, युवा महासचिव दिलिप पटेल लगायत करिब २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले पक्राउ गरिएकामध्ये सुमन, दिनेश यादव, पूर्वसांसद बिन्देश्वर यादव (विक्की), विद्यार्थी नेता ललन यादव र अध्यक्ष मनिष यादवसहित केही प्रदर्शनकारी घाइते भएको जनाएको छ । प्रदर्शनकारीहरुले माइतीघरदेखि बबरमहलसम्म मसाल जुलुस गर्दै सर्वोच्चको आदेशविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुलाई प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको हो ।

सम्बन्धित खबर