काठमाडौं : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले राजनीतिक सहमतिका साथ मुलुकलाई अघि बढाउन सरकारलाई आग्रह गरेका छन् । ललितपुर उद्योग वाणिज्य संघको स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले राजनीतिक अस्थिरता जन्माउने खालका गतिविधि भईरहेकोमा चिन्ता ब्यक्त गरेका हुन् ।
सभामुख महराले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्न पनि सरकारको ध्यानाकर्षण गराए । निजी क्षेत्रले पनि लगानी मैत्री वातावरण निर्माण हुने गरी कानुन बनाउन सरकारसँग सहकार्य गर्नुपर्ने सभामुख महराको भनाइ छ । निजी क्षेत्रमैत्री हुने गरी कानुन निर्माण गर्ने काममा आफूले सक्दो पहल गर्ने प्रतिबद्धता पनि उनले जनाए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies