विराटनगरः पाँचौँ साफ महिला फुटबलअन्तर्गत आइतबार भएको खेलमा भारतले श्रीलङ्कालाई ५–० ले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशाला आइतबार भएको समूह ‘बी’ अन्तर्गतको खेलमा भारत विजयी भई समूह प्रथम भएको छ ।
भारत जीतमा ग्रेस दाङमेई, सन्धिया रङ्गनाथन, इन्दुमती कथेरेसन, सङ्गीता वास्फोरे र रत्नाबाला देवी नानग्मेथेम गोल गरिन् । भारतले खेलको चौथो मिनेटमा नै दाङमेईले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् भने पहिलो गोल भएको तीन मिनेटपछि भारतकी खेलाडी रङ्गनाथनले गोल गरिन् ।
यसैगरी खेलको ३६ औँ मिनेटमा भारतकी कथेरेसन गोल गर्दै भारतलाई ३–० गोलको अग्रता दिलाइन् भने ४४ मिनेटमा वस्फारेले पेनाल्टीबाट गोल गर्दै भारतलाई ४–० को गोलले अगाडि बढाइन् । पहिलो हाफमा ४–० को अग्रता बनाएको भारतले दोस्रो हाफको ४७ औँ मिनेटमा नानग्मेथेमले गोल गर्दै भारतलाई ५–० अग्रता दिलाइन् । आगामी बुधबार हुने खेलमा नेपाल र श्रीलङ्काबीच सेमिफाइनल खेल हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies