एजेन्सी : बेलायती प्रधानमन्त्री टेरिजा मेले ‘ब्रेक्जिट’ मस्यौदामा सहमति नजुटे समयसीमा लम्बिन सक्ने चेतावनी दिएकी छिन् । उनले मार्च २१ मा हुने यूरापेली परिषदको सम्मेलन सम्ममा आफूले अघि सारेको मस्यौदा अनुमोदन नभए समयसीमा लम्बिन सक्ने बताएकी हुन् ।
प्रधानमन्त्री मे ले ब्रेक्जिटको निर्णयमा ढिलाई भए आगामी मे २३ देखि २६ सम्म हुने ईयू निर्वाचनमा भाग लिनुपर्ने भएकाले समयमै यसबारे टुंगोमा पुग्नुपर्ने बताएकी हुन् । मार्च २१ सम्म सहमति नजुटे समयसीमा जुन ३० भन्दा पछि धकेलिने वा ब्रेक्जिट प्रस्ताव नै अफ्ठयारोमा पर्ने देखिएको छ ।
लम्बिएको समयमा बेलायतले थप चुनौतीको सामना गर्नुपर्ने मेको भनाइ छ । मार्च २९ मा ईयूबाट बाहिरिने निर्णय गरेको बेलायतलाई इयुले सहमति प्रयासका लागि जुन ३० सम्मको समयसीमा दिएको छ । ब्रेक्जिट सम्झौतामा सहमतिका लागि बेलायत सरकारले साढे दुई बर्षदेखि गरेको प्रयास सफल हुन सकेको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies