२०८२ असार १८ गते बुधवार / Jul 02 , 2025 , Wednesday
२०८२ असार १८ गते बुधवार
Ads

ऋणले थला परेको निगमले भाडाको जहाज चलाउने

shivam cement
छबि सापकोटा
२०८२ असार १७ गते २१:३८
ऋणले थला परेको निगमले भाडाको जहाज चलाउने

काठमाडौं : ६७ वर्षे इतिहास बोकेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले नयाँ जहाज खरिद गर्न नसकेपछि भाडामा लिएर जहाज चलाउने तयारी गरेको छ । करिब ५० अर्ब ऋण दायित्व पुगेकोले नयाँ जहाज किन्न नसक्ने भएपछि भाडामा जहाज ल्याउने तयारी निगमले गरेको हो । निगमले यस अघि चारवटा जहाजको ऋणको समयमै किस्ता र सावाँ समेत बुझाउन नसक्दा ऋण थपिदै गएको छ । नागरिक लगानी कोष र सञ्चय कोषलाई ऋणको किस्ता नतिरेपछि महालेखाले समेत प्रश्न उठाएको थियो । 

ऋण दायित्व बढ्दै जादा नयाँ जहाज खरिद गर्न ऋण समेत नपाउने अवस्थामा निगम पुगेको छ । टाट फल्टिन लागेको निगमलाई निजीकरण गर्नुपर्ने आवाज उठिरहेको अवस्थामा निगमले भाडाको जहाज किन्ने तयारीमा गरेको हो । भाडामा ल्याउने प्रस्तावमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे समेत लागि परेका छन् । 

मन्त्री पाण्डेले उड्डयन क्षेत्रलाई थप प्रभावकारी बनाउन जहान किन्न नसक्ने अवस्थामा भाडामा लिएर नेपाल एयरलाइन्सलाई चलाउनुपर्नेमा जोड दिएका हुन् । मन्त्री पाण्डेको निर्देशनपछि निगमले भाडाको जहाज खोजी गरिरहेको छ । मंगलबार नेपाल वायुसेवा निगमको ६७औं वार्षिकोत्सव कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बजारलाई प्रतिस्पर्धी र नयाँ गन्तव्य विस्तारका लागि तत्काल दुई वटा न्यारोबडी जहाज भाडामा लिने तयारी भएको बताए । 

अध्यक्ष अधिकारीले निगमको प्रमुख समस्या जहाजकै भएको भन्दै कम्तिमा दुईवटा न्यारोबडी जहाज लिजमा लिनुपर्ने बताए । जहाज भाडामा लिए अन्तर्राष्ट्रिय १० वटा गन्तव्यको सेवा नियमित गर्नुको साथै गोन्जाओ र सिड्नी उडान समेत सहज हुने बताए । 

यस्तै उनले सार्वजनिक खरिद विनियमावली नै निगमको प्रगतिको मुख्य बाधक भएको उल्लेख गरे । विनियमावली संशोधनका लागि २०८० मंसिर ७ गते सार्वजनिक खरिद कार्यालयमा पेश गर्दा संशोधन नभएको बताए । 

निगमलले वाइडबडी उडान र आन्तरिक उडान गर्दा घाटा खाइरहेको छ । लामो समय न्यारोबडी जहाजको ग्राउन्डेड हुने समस्याले आम्दानीमा समेत प्रभाव पर्ने गरेको छ । न्यारोबडी जहाज पूर्ण क्षमतामा उडान नहुँदा निगमले ऋण तिर्न समेत सकेको छैन । लामो इतिहास बोकेको निगममा भित्र हुने राजनीति र नेतृत्वमा देखिएको अक्षमताले निगम घाटामा गएको धेरैको विश्लेषण छ ।

ADV

सम्बन्धित खबर

Advertise