२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

दिक्तेलमा म.ले.प फाराम नै नभरी सवारीसाधन मर्मत, इन्धनमा १ करोड बढी खर्च

Nada
दिवस रिजाल
२०८२ असार ३ गते २१:००
Shares
दिक्तेलमा म.ले.प फाराम नै नभरी सवारीसाधन मर्मत, इन्धनमा १ करोड बढी खर्च

दिक्तेल : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले म.ले.प फाराम नै नभरी सवारी साधन मर्मत तथा इन्धनमा १ करोड बढी खर्च गरेको पाइएको छ ।

ncell

महालेखा परिक्षकको आ.व २०८०/८१ को प्रतिवेदन अनुसार यस नगरपालिकाले सवारी साधन मर्मत तथा इन्धनमा म.ले.प फाराम नै नभरी  १ करोड बढी खर्च गरेको भनी उल्लेख गरेको हो ।

महालेखा  परीक्षकको कार्यालयले एकीकृत आर्थिक संकेत, वर्गीकरण व्याख्या २०७४ मार्फत सम्पूर्ण सरकारी कार्यालयलाई महालेखा परीक्षकबाट स्वीकृत म.ले.प फारामको प्रयोग अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ, तर यस नगरपालिकाले कार्यालय प्रयोजनको लागि सवारी प्रयोग कर्ताको विवरण र सवारी गुडेको किलोमिटर देखिने विवरण उल्लेख गरी म.ले.प फारम ९०५ बमोजिम सवारी साधन सञ्चालनको लगबुक राखेर भुक्तानी नगरेको महालेखाको ठहर छ । जसअनुसार इन्धनमा मात्रै ४६ लाख ६७ हजार खर्च वास्तविक र एकिन गर्न नसकिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

यसैगरी मर्मत सम्भारमा पालिकाले म.ले.प फाराम ४१५ बमोजिम सवारी साधन र मेसिनरी मर्मतको फाराम ४१४ नै नराखी सवारी साधन मर्मत तथा मेसिनरी औजार मर्मत तथा सञ्चालनमा ६१ लाख ६ हजार खर्च गरेको छ । स्वीकृत म.ले.प फारामको प्रयोग गरी खर्चमा मितव्यापिता अपनाइ सवारी साधन मर्मत गर्नुपर्ने महालेखाको भनाइ छ । 

त्यसैगरी पालिकाले बैठक भत्ता,अनुगमन तथा भ्रमण खर्च,कर्मचारी प्रोत्साहन तथा इन्धन र विविधमा २ करोड ११ लाख ४५ हजार रुपैयाँ खर्च गरेको छ । यो कुल चालु खर्चको ३.५२ प्रतिशत हो ।

सम्बन्धित खबर