२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

ऋण मिलाइदिने भन्दै घुस, नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

Nada
२०८२ जेठ २६ गते २१:५९
Shares
ऋण मिलाइदिने भन्दै घुस, नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

ncell

अख्तियारले हस्पिटालिटी अन्तर्गतको ¥याडिसन प्रोजेक्टले नेपाल बैंक लिमिटेडबाट ऋण लिने प्रक्रियामा सहजीकरण गरिदिने भन्दै घुस लिएर भ्रष्टाचार गरेको आरोपमा सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारी सहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको हो । 

अख्तियारले अधिकारीसहित लक्की भन्ने खुस नसिब अन्सारी, अमृत भुसाल, अंकित भुसाल र बालकृष्ण भुसालविरूद्ध मुद्दा दायर गरको छ । रूपन्देहीको बेलहियामा भुसाल हस्पिटालिटी अन्तर्गतको र्‍याडिसन प्रोजेक्टले १ अर्ब ७७ करोड २९ लाख ८६ हजार ७६७ रुपैयाँ ऋण लिन नेपाल बैंकमा कागजात प्रक्रिया अघि बढाएको थियो । सोही कर्जा प्रवाहको क्रममा अध्यक्ष अधिकारीले ऋण मिलाइदिने भन्दै अंकित भुसालसँग ७ लाख रुपैयाँ माग गरेको आरोप अख्तियारले लगाएको छ । 

सञ्चालक समितिका तत्कालीन अध्यक्ष अधिकारीले ह्वाट्सएपमार्फत् पटक–पटक कुराकानी र भेटघाट गरेर ऋण मिलाउन भन्दै २०८१ भदौ ३० गते रकम मागे पछि प्राइम बैंकको चेक दिएकामा त्यो चेक चन्द्रबहादुरले राकेश थापालाई दिएपछि चेक साटिएको देखिएको अख्तियारले जनाएको छ । १२ लाख रकम पनि चन्द्रबहादुरले शारदा गुप्ताको नाममा दर्ता रहेको अनन्या इन्टरप्राइजमार्फत् लिएको अख्तियारले जनाएको छ ।

उक्त रकम इन्टरप्राइजेजका शारदा र रिंकु गुप्ताले लिएका थिए । सो रकम बराबरको सामान किनेर उनीहरूले लक्की खानलाई पठाइदिएका थिए । खानले १९ लाख रकम प्राप्त गरी पुनः अधिकारीलाई बुझाएको अनुसन्धानमा देखिएको अख्तियारको दाबी छ ।

अख्तियारले घुसबापत लिएर सटही गरेको चेकको विवरण र ट्रान्सफर गरिएको रकमको विवरण समेतका कागजात  अधिकारीको घरमा भेटाएका थियो । 

ताजा खबर

सम्बन्धित खबर