२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

गोपाल–नीना फाउण्डेसनद्वारा रक्तदान कार्यक्रम आयोजना

Nada
२०८२ जेठ २४ गते २२:०२
Shares
गोपाल–नीना फाउण्डेसनद्वारा रक्तदान कार्यक्रम आयोजना

नेपालगन्ज : २१ औं विश्व रक्तदाता दिवसको अवसर पारेर गोपाल–नीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘रगत दिऔं आश जगाऔंः सबै मिलेर जीवन जोगाऔं’ भन्ने संयुक्त राष्ट्रसंघको सन्देशलाई आत्मसात गर्दै आयोजित रक्तदान कार्यक्रममा ९ जना महिलासहित ५६ जनाले रक्तदान गरेका छन् । 

ncell

बाँके जिल्लामा हाल देखिएको रगतको अभावलाई सम्बोधन गर्न आयोजना गरिएको उक्त कार्यक्रमको उद्घाटन फाउण्डेसनका अभिभावक वरिष्ठ फिजिसियन डा.गोपाल प्रसाद श्रेष्ठ र वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.नीना श्रेष्ठले प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक सोमप्रसाद सापकोटालाई रक्त संकलनको सामग्री हस्तान्तरण गरी शुभारम्भ गरेका थिए ।

जनमत अद्र्धसाप्ताहिकको रजत जयन्तीको अवसरमा वि.स २०६३ सालदेखि सञ्चालनमा रहेको त्रैमासिक रक्तदान अभियानको यो ६५ औं श्रृंखला हो । कार्यक्रममा अन्नपूर्ण राष्ट्रिय दैनिकका सहसम्पादक शंकर प्रसाद खनाल, निरज मान श्रेष्ठ, उर्दू साहित्यकार असफाक संघर्ष, स्वास्थ्यकर्मीहरू, विभिन्न पालिकाका जनप्रतिनिधिहरू तथा स्वयंसेवी संस्था प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । 

रक्तदाताहरुलाई प्रमाणपत्र र टिसर्ट वितरण गर्दै गोपाल–नीना फाउण्डेशनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठ, सहनिर्देशक डा. तृप्ती पाल रमण, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, जनमत अद्र्धसाप्ताहिकका सम्पादक पूर्णलाल चुके, तथा पत्रकार संघ रुपईडिया भारतका अध्यक्ष शेर सिंह कशौधनले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी बाँके शाखा अन्तर्गत प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका उपेन्द्र रेग्मी, सोमप्रकाश सापकोटा, होमराज गिरी लगायतको टोलिले गरेका थिए। साथै, कार्यक्रम व्यवस्थापनमा गोपाल–नीना फाउण्डेशनका रिसर्च अफिसर प्रतिभा पौडेल, अनुप आर्या र स्वयंसेवक टोलीको सक्रियता उल्लेखनीय रहेको थियो । यस कार्यक्रमले बाँकेको रक्त संकट समाधानमा ठूलो टेवा पु¥याउने विश्वास आयोजकले लिएको छ । 


 

ताजा खबर

सम्बन्धित खबर