२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा

Nada
२०८२ जेठ २३ गते १६:३५
Shares
तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ स्थित श्री कृष्णा उच्च माध्यमिक विद्यालयको  भवन निर्माणका क्रममा अनियमितता गरेको आरोपमा तत्कालीन जिल्ला शिक्षा अधिकारी नेपालसहित ९ जनाविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।

ncell

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार विद्यालय भवन निर्माणका लागि विनियोजन रकममा अनियमितता गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा  फिल्डमा हुँदै नभएको कार्य भएको भनी रकम निकासा गरी २५ लाख ५० हजार रकम दुरूपयोग गरेको अख्तियारको ठहर छ ।

आयोगले नेपालसहित जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन इन्जिनियर बृधन यादव र सब इन्जिनियर शिवराज राई,तत्कालीन लेखा अधिकृत भुवन प्रसाद आचार्य र लेखापाल सुरेश कुमार श्रेष्ठ मुद्दा दायर गरेको हो । यसैगरी आयोगले श्री कृष्ण उच्च माध्यमिक विद्यालय टेम्माका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, सोही विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम राई र हरिनारायण राई र विद्यालयको भवन निर्माण गर्ने व्यक्ति जय प्रसाद राईलाई विपक्षी बनाउँदै मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध २५ लाख ५० हजार बिगो र सजायको माग गरिएको छ ।

भवन निर्माणको कार्यमा इष्टिमेट अनुसार  गुणस्तरको सामग्री प्रयोग नभएको,ढकालनको बिमा चर्केको र फिनिसिङ नभएको एवं भवन पठनपाठन गर्न अयोग्य रहेको देखिएता पनि उक्त विद्यालयको निर्माण कार्यको जिम्मेवारी बहन नै नगरी विद्यालयको खातामा रहेको र कम निकासा गर्न नापी किताब तथा मूल्यांकन प्रतिवेदन समेत हस्ताक्षर गरी २५ लाख ५० हजार रकम निकासा गरेको अख्तियारको दावी छ ।

यसैगरी उनीहरूले फिल्डमा हुँदै नभएको कार्य नापी किताबमा समावेश गरी ४१ लाख २० हजार ४२८ रकमको मूल्यांकन प्रतिवेदनलाई सदर गरेको र गुणस्तरहीन कार्य भएको भनी प्राविधिक प्रतिवेदनमा उल्लेख भएको हुँदाहुँदै सो कार्य सुधार नगरी बजेटको अति आवश्यक रहेको देखाइ झुट्टा बिल भरपाईका आधारमा रकम निकासाको लागि सदर गरी २५ लाख ५० हजार बराबरको रकम आफूलाई लाभ र सरकारलाई गैरकानुनी हानि पु¥याउने बदनियतले कार्य गरेको अख्तियारको आरोप –पत्रमा उल्लेख छ ।
 

ताजा खबर

सम्बन्धित खबर