२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

बिरुवा रोपेर झापामा विश्व वातावरण दिवस मनाइयो

Nada
२०८२ जेठ २२ गते ११:४६
Shares
बिरुवा रोपेर झापामा विश्व वातावरण दिवस मनाइयो

झापा : ‘प्लाष्टिक प्रदूषण न्यूनीकरण: हाम्रो दायित्व’ नाराका साथ झापामा सडक किनारमा बिरुवा रोपेर विश्व वातावरण दिवस मनाइएको छ ।

ncell

डिभिजन वन कार्यालयको आयोजना र भद्रपुर नगरपालिकाको संयोजनमा चन्द्रगढी-चारआली सडकअन्तर्गत पोका पाडा क्षेत्रमा बिरुवा रोपिएको हो ।

सडक किनारमा मधुकामिनी, गुलमोहर, जाडुल, राजवृक्ष र कल्कीलगायत बोटका बिरुवा रोपिएका प्रमुख डिभिजन वन अधिकृत भरतबाबु श्रेष्ठले बताए।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले प्लाष्टिकजन्य सामग्री नियन्त्रणको प्रयासमा पालिका रहेको दोहोर्‍याउँदै फोहर फैलाउने प्लाष्टिकजन्य वस्तुको प्रयोग रोक्न अब निर्ममतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

ताजा खबर

सम्बन्धित खबर