२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एमआरपी र लेवलिङमा देखिएको अन्यौलताबारे चेम्बरको ध्यानाकर्षण

Nada
२०८२ जेठ २१ गते २०:३८
Shares
एमआरपी र लेवलिङमा देखिएको अन्यौलताबारे चेम्बरको ध्यानाकर्षण

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले एमआरपी र लेवलिङ कार्यान्वयनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । उपाध्यक्ष दीपक श्रेष्ठ नेतृत्वको चेम्बर अफ कमर्सको टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष उपभोक्ता र बिक्रेता दुवैलाई सचेतना गराएर मात्रै  एमआरपी र लेवलिङ कार्यान्वयन गर्नुपर्ने सुझाव दिएको हो ।

ncell

‘गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकार हो, उक्त हकबाट उपभोक्तालाई बञ्चित हुन नदिन तथा बजार र मालवस्तुकाबारे हरेक विषयमा चेतना अभिवृद्धि गर्न प्रचार प्रसार तथा सचेतनाका कार्यहरू अगाडि बढाईनु पर्नेमा सो कार्य अगाडि नबढाई, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हाल चालिरहेको कदमले राज्यको ऐन, कानून, नियम मान्ने आधिकारिक उद्योगी, व्यवसायीहरू भने मर्कामा परेका छन’, चेम्बरले भनेको छ । 

उद्यमी व्यवसायीलाई अनावश्यक रुपमा धम्क्याउने तथा दण्ड सजायको काम बन्द गर्न पनि चेम्बरले आग्रह गरेको छ । 

ताजा खबर

सम्बन्धित खबर