२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नेपाल चेम्बर र जिम्बावेका राजदूतबीच छलफल

Nada
२०८२ जेठ २० गते २०:५७
Shares
नेपाल चेम्बर र जिम्बावेका राजदूतबीच छलफल

काठमाडौं : नेपाल चेम्बर अफ कमर्स र जिम्बावेबीच व्यापार सहजीकरण एवं लगानी अभिवृद्धिबारे मंगलबार छलफल भएको छ । काठमाडौं जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि जिम्बावेका राजदूत स्टेला न्होकोमोबीच व्यापार साझेदारी, लगानी अवसर, जलवायु परिवर्तन विरुद्धको कदम लगायत विषयमा सहकार्य गर्नेबारे छलफल भएको हो ।

ncell

राजदूत न्होकोमोसँग चेम्बर अध्यक्ष अग्रवालले भने, ‘नेपाल र जिम्बावेबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ४ दशक पुग्दैछ, असंलग्न नीति, जलवायु परवर्तन जस्ता महत्वपूर्ण विषयमा अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले सहकार्य गर्दै आएका छौं, अब आर्थिक क्षेत्रमा पनि सहकार्य गरेर अगाडि बढ्नुपर्छ ।’

अध्यक्ष अग्रवालले नेपालमै आवासीय दूतावास खोल्नका लागि पहल गर्नसमेत राजदूत न्होकोमोेसँग प्रस्ताव गरे । दुवै देशमा आवासीय दूतावास खोलेर व्यापार सहजीकरण, जलवायु परिवर्तन विरुद्ध सहकार्य, लगानी अभिवृद्धि तथा पर्यटन क्षेत्रमा सहकार्य गर्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।

दुवै देशलाई फाइदा पुग्ने गरी दुई पक्षीय सहमति गरेर आर्थिक लाभ लिनुपर्ने उनको भनाइ छ । नेपाल र जिम्बावेका निजी क्षेत्रबीच बीटुबी भेटवार्ता गर्नुपर्ने अध्यक्ष अग्रवालले बताए । नेपालमा लगानीको वातावरण सहज रहेको र प्रतिफल सुनिश्चित रहेकोमा अध्यक्ष अग्रवालले जोड दिए । 

चेम्बर पदाधिकारीसँगको भेटवार्तामा राजदूत न्होकोमोले नेपालमा आवासीय दूतावास खोल्नुपर्ने विषयमा आफू गम्भीर रहेको र यसका लागि पहल गर्ने प्रतिबद्धता जनाए । उनले नेपालको जलविद्युत क्षेत्रमा लगानीको सम्भावना रहेको र त्यसका लागि जिम्बावेको निजी क्षेत्रसँग पहल गर्ने समेत बताए । नेपालको सगरमाथाले आफूलाई लोभ्याएको भन्दै उनले पर्यटन क्षेत्रमा लगानीको अथाह सम्भावना रहेकोमा जोड दिए । दुई देशबीच आर्थिक सहकार्य र साझेदारीका लागि आफूले पहल गर्ने उनको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर