२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

राजधानीमा खुल्यो फाइभ स्टार स्तरको ब्युटिसियन ट्रेनिङ सेन्टर

Nada
२०८२ जेठ १९ गते १९:३२
Shares
राजधानीमा खुल्यो फाइभ स्टार स्तरको ब्युटिसियन ट्रेनिङ सेन्टर

काठमाडौं : लामो समयदेखि वैदेशिक रोजगार क्षेत्रमा कार्यरत महिला व्यवसायी राधा केसीले अल महरा ब्युटी एकेडेमी नामक ब्युटिसियन ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएकी छन् । राजधानीको सिनामंगलस्थित एक व्यापारिक कम्प्लेक्समा पाँच तारे सुविधा जडित आधुनिक डिजाइनमा स्थापना भएको उक्त ट्रेनिङ सेन्टरको सोमबार नेपालका लागि साउदी अरेबियाका कन्सुलर अब्दुलातिफ अल्मुताइरी तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले रिबन काटेर संयुक्तरूपमा उद्घाटन गरे ।

ncell

एकेडेमीले नेपालसहित गल्फ कोअर्डिनेशन काउन्सिल (जीसीसी) अन्तर्गतका सम्पूर्ण खाडी मुलुकको मागअनुसारको ब्युटिसियनसम्बन्धी जनशक्ति तयार गर्ने उद्देश्यले एकेडेमी सञ्चालन गरेको व्यवसायी केसीले जानकारी दिइन् ।

उद्घाटन कार्यक्रममा केसीले लामो समयदेखि खाडी मुलुक साउदी अरेबिया र बहराइनलगायतका देशमा नेपाली ब्युटिसियन जनशक्ति पठाउँदै आएको अनुभव सुनाउँदै त्यस क्षेत्रमा बढ्दो दक्ष नेपाली ब्युटिसियनको माग पूरा गर्ने योजना रहेको बताइन् । उनले एकेडेमी अन्तर्राष्ट्रिय मान्यता प्राप्त रहेको भन्दै एकेडेमीको तालिम लिएको जनशक्तिले आकर्षक तलबसहितको रोजगारी पाउने सुनिश्चितता रहेको जानकारी दिइन् ।

बहराइनको रोजगारदाता कम्पनीका मार्केटिङ डाइरेक्टर शायेद हशेमले बहराइनसहित खाडी मुलुकमा हुने ब्युटिसियनसंवन्धि मागअनुसारको नेपाली जनशक्ति तयार गर्न एकेडेमीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले गल्फ मुलुकमा विदेशी सौन्दर्यकर्मीहरूको माग रहेको भन्दै भाषा र तालिममा दक्ष भएमा आकर्षक तलबसहितको रोजगारी पाउने अवस्था रहेको  जानकारी दिए ।

एकेडेमीले हेयर र नेलसहित सम्पूर्ण ब्युटिफिकेसनका बेसिक, डिप्लोमा र मास्टर्स कोर्ष, मेकअप कोर्ष, बडी मसाज कोर्ष, अब्रोड कोर्ष, शर्ट प्रोफेसनल कोर्षमा उच्चस्तरीय तालिम प्राप्त ट्रेनरहरूबाट तालिम दिनुका साथै हेयर सर्भिस, हेयर वयल मसाजसहित स्पेसल ब्रिडल प्याकेज सेवा प्रदान गर्ने बताएको छ । त्यसैगरी एकेडेमीले गल्फ मुलुकमा बोलिने अरेबिक भाषाको पनि प्रशिक्षण दिने बताएको छ । सञ्चालिका केसीका अनुसार ब्युटिसियन तथा भाषा तालिम सामान्यतया तीन महिनाको हुनेछ ।

प्रायः सेतो, खैरो, सफा र परिष्कृत पृष्ठभूमी, ठूला झ्यालहरू र रणनीतिक रूपमा राखिएको ऐनाहरूमार्फत प्राकृतिक प्रकाश अधिकतम रहेको अल महरा ब्युटी एकेडेमी नेपाली सन्दर्भमा अत्याधुनिक मानिएको अनुभवीहरूले बताएका छन् । उद्घाटन कार्यक्रममा संघका महासचिव महेशकुमार बस्नेत, वरिष्ठ अधिवक्ता तथा संघका कानुनी सल्लाहकार शम्भु निरौला, संघ कार्यसमिति सदस्य रेखा शर्मा, नेपाल वैदेशिक रोजगार व्यवसायी महिला संघमा आबद्ध व्यवसायीहरूको उपस्थिति रहेको थियो । विश्वका धेरै मुलुकमा ब्युटिसियनको रोजगारीमा महिला आकर्षण बढ्दो छ ।

यूएईमा दक्ष ब्युटिसियनको प्रतिमहिना ३ हजार दिराम र कतारलगायत खाडी मुलुकमा प्रतिमहिना २६ सय रियालभन्दा बढी तलब रहेको बताइन्छ ।

ताजा खबर

सम्बन्धित खबर