२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने माओवादीको निर्णय

Nada
२०८२ जेठ १६ गते १२:२०
Shares
गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने माओवादीको निर्णय

काठमाडौं : नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको छ।

ncell

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा शुक्रबार बसेको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा जोडिएका लेखकले छानबिनका लागि राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । 

सचिव लिलामणि पोरखेलले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म अवरोध जारी राख्ने निर्णय भएको जानकारी दिए । प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद अवरूद्ध गर्दै आएका छन् ।

बैठकले संसदको अवरोधबारे निर्णय लिन विज्ञसहितको संसदीय दलको बैठक बोलाएको छ । बैठक जेठ १९ गते मध्यान्ह १२ बजे माओवादी संसदीय दलको कार्यालयमा बैठक बस्नेछ ।

ताजा खबर

सम्बन्धित खबर