२०८२ साउन ३१ गते शनिवार / Aug 16 , 2025 , Saturday
२०८२ साउन ३१ गते शनिवार
Ads

प्रचण्डको कटाक्ष- 'बाबुरामलाई बुद्धि नभएको डाक्टर भनेर चिन्छन्'

shivam cement
मध्यान्ह
२०८२ जेठ ८ गते १२:१८
प्रचण्डको कटाक्ष- 'बाबुरामलाई बुद्धि नभएको डाक्टर भनेर चिन्छन्'

रुकुम (पूर्व) : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईप्रति तीव्र कटाक्ष गरेका छन् । उनले भट्टराईलाई "सबैभन्दा बुद्धि नभएको डाक्टर" भन्दै अहिलेको राजनीतिक अवस्था र विगतका सहकार्य प्रयासमाथि टिप्पणी गरेका हुन् ।

पूर्व–पश्चिम मध्यपहाडी राजमार्ग केन्द्रित जागरण अभियान अन्तर्गत रुकुम (पूर्व) पुगेका प्रचण्डले प्रेस सेन्टर नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराई प्रतिक्रियावादी शक्तिसँग मिलेको आरोप लगाए । "उहाँ त खिइँदै खिइँदै अब त पूरै प्रतिक्रियावादीसँग मिल्नुभएको छ, प्रतिक्रियावादीले नै पत्याउँदैन आजकल," प्रचण्डले भने, "हाँसोको पात्र भएका छन् बाबुराम । सबभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले ।"

प्रचण्डले भट्टराईसँग पार्टी एकताको सम्भावना अहिलेको अवस्थामा असम्भव रहेको बताए । उनका अनुसार २०७९ को प्रतिनिधिसभा निर्वाचनको बेला गोरखाबाट चुनाव लड्ने तयारीका क्रममा पार्टी एकताको प्रस्ताव गरिएको भए पनि, भट्टराईले ‘कम्युनिष्ट पार्टी’ शब्द नै अस्वीकार गरेपछि एकता नचलेको हो ।

"कम्युनिष्ट पार्टी नाम राख्ने हो भने म त एकता गर्दिनँ भनेपछि हामी के मर्ने बाबुरामको लागि ?" प्रचण्डले स्पष्ट पारे, "मार्क्सवाद नभन्ने, कम्युनिष्ट नभन्ने, त्यस्तासँग के गरी एकता गर्ने ?"

उनले बाबुरामसँग सहकार्यमा गएका गंगानारायण श्रेष्ठलगायतका धेरै व्यक्तिहरू भ्रममा परेको भन्दै चाँडै फर्कने तयारीमा रहेको दाबी पनि गरे ।

भट्टराईप्रति सो टिप्पणी भइरहँदा कार्यक्रममा सहभागी माओवादी नेताहरू वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल र नन्दकिशोर पुन हाँसिरहेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise