२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

मेची भन्सारद्वारा १० महिनामा करिब १३ अर्ब राजस्व संकलन

Nada
२०८२ जेठ ८ गते ०७:२५
Shares
मेची भन्सारद्वारा १० महिनामा करिब १३ अर्ब राजस्व संकलन

झापा : मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा रु. १२ अर्ब ९४ करोड २० लाख ६० हजार राजस्व संकलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हो ।

ncell

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागांईका अनुसार चालु आवको वैशाख महिनासम्म रु. १४ अर्ब १४ करोड ४२ लाख २० हजार राजस्व संकलनको लक्ष्य रहेको थियो । “गत आव २०८०/८१ को सोही अवधिमा राजस्व रु १५ अर्ब आठ करोड ६४ लाख २० हजार राजस्व संकलनको लक्ष्य राखिएकामा ७६ दशमलव ८५ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो तर यसपटक भने लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हासिल गरेका छौँ”, उनले भने ।

कार्यालयको तथ्यांकअनुसार चालु आवको १० महिनाको अवधिमा मेची भन्सारबाट पेट्रोलियम पदार्थको आयातबाट ६० दशमलव ५५ प्रतिशत अर्थात् रु. सात अर्ब ८३ करोड ६२ लाख ४३ हजार राजस्व संकलन भएको छ । यसैगरी, तरकारीको आयातबाट रु. ५८ करोड ३३ लाख १५ हजार, यातायातका साधन र तिनका पाट पुर्जाबाट रु. ३६ करोड ५३ लाख १५ हजार, खनिज उत्पादनबाट रु. २४ करोड १० लाख ३० हजार, कफीबाट रु. १९ करोड ३६ लाख ९० हजार, दलहनबाट रु. २० करोड २९ लाख ९४ हजार, राजस्व संकलन भएको सूचना अधिकारी हुमागांईले जानकारी दिए ।

यहाँबाट चालु आवको १० महिनामा रु. २१ अर्ब ४५ करोड ९३ लाख २३ हजार बराबरको वस्तु निर्यात हुँदा रु १९ करोड ८९ लाख ६८ हजार राजस्व संकलन भएको छ । सोही अवधिमा रु. ३८ अर्ब ८८ करोड ७८ लाख ११ हजार बराबरको वस्तु आयात गरिँदा रु. १२ अर्ब ७४ करोड ३० लाख ९२ हजार राजस्व संकलन भएको छ ।

ताजा खबर

सम्बन्धित खबर