२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

पलाताका पूर्वअध्यक्ष र उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Nada
२०८२ वैशाख ३१ गते १८:२३
Shares
पलाताका पूर्वअध्यक्ष र उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले कालिकोटको पलाता गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, निमित्त प्रशासकीय अधिकृत, वडाध्यक्ष, इन्जिनियर, सबइन्जिनियरदेखि उपभोक्ता समितिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचारमा मुद्दा दायर गरेको छ ।

ncell

आयोगले गाउँपालिका तत्कालीन अध्यक्ष उपाध्यक्षसहित १० जनाले गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

कर्णालीको फेरी निर्माणमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन गाउँपालिका लक्ष्मण बहादुर बम, उपाध्यक्ष दाना न्यौपाने, निमित्त प्रशासकीय अधिकृत राजकुमार बम, ९ नम्बर वडाका वडाध्यक्ष टंकबहादुर बम, इन्जिनियर खडानन्द रिजाल, सब इन्जिनियर विनोदकुमार बम, तत्कालीन सहलेखापाल नन्दबहादुर शाही, कर्णाली फेरी निर्माण उपभोक्ता समितिका अध्यक्ष वीरजीत रोकाय सचिव अंग रोकाय र कोषाध्यक्ष पदशीना बम सहित १० जनाविरुद्ध मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

कालिकोटको पलाता गाउँपालिका–९ र पचाल झरना गाउँपालिका बीचमा पर्ने घाटाचौर थिर्पु भन्ने ठाउँमा कर्णाली प्रदेश सरकारबाट कर्णाली नदीमा गाडी तार्ने फेरी निर्माणको लागि बजेट आएकोमा काम पूरा नगरी उक्त बजेट अनियमितता गरेको उजुरी परेको थियो ।

अनुसन्धानको क्रममा पलाता गाउँपालिकालाई आर्थिक वर्ष २०७७/७८ मा कर्णाली प्रदेश सरकारबाट फेरी निर्माण वापत प्राप्त भएको रकम मध्ये ७५ लाख ५६ हजार ९सय लागत अनुमान तयार गरी उपभोक्ता समितिसँग सम्झौता भई कार्य गर्दा उक्त कार्य सम्पन्न नगरी सम्पन्न भएको देखाएको, विनियोजित बजेट अनुसारको कार्य सम्पन्न नै नभएको अवस्थामा झुट्टा विल भरपाई तयार गरेको थियो ।

सार्वजनिक संस्थालाई हानि पु¥याउने बदनियतले मनासिव कारण बिना निर्माण कार्य नै नगरेको, निर्धारित शर्त तथा मापदण्ड विपरीत कार्य गरे गराएको, नभए नगरेको काम भए गरेको भनी झुट्ठा विल, भरपाई र कार्य सम्पन्न प्रतिवेदन तयार गरी कम काम भएकोमा बढी काम भएको देखाई २५,लाख ५२ हजार ५३ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी लिने दिने कार्य गरी उपभोक्ता समितिका पदाधिकारीलाई गैरकानूनी लाभ पुयाउने र गाउँपालिकालाई हानिनोक्सानी पु¥याएको पुष्टि भएको भएको प्रवक्ता पौडेलले बताए ।

उनीहरूलाई मागदावी लिई बुधबार विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ ।
 

सम्बन्धित खबर