२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

१२ स्वर्णसहित दिलिप स्मृति तेक्वान्दो टिम च्याम्पियन

Nada
२०८२ वैशाख २८ गते १९:३९
Shares
१२ स्वर्णसहित दिलिप स्मृति तेक्वान्दो टिम च्याम्पियन

काठमाडौं : धादिङमा सम्पन्न खुला बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता २०८२, मा दिलिप स्मृति तेक्वान्दो डोजाङले उत्कष्ट प्रदर्शन गर्दै टिम च्याम्पियनको उपाधि हासिल गरेको छ । धादिङ जिल्ला तेक्वान्दो संघको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा डोजाङले १२ स्वर्ण, ३ रजत र ६ कांस्य पदक जित्दै उत्कृष्ट टिमको ट्रफीसहित नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको प्रमुख प्रशिक्षक राजेन्द्र खत्रीले जानकारी दिए ।

ncell

४४ केजी तौल समूहमा अनुस्का माझी, २८ केजीमा कृपा गौतम, ४५ केजीमा कैलाश थापा, ४० केजीमा युनिस तिमिल्सिना, ५८ केजीमा अर्पण लामा, ५० केजीमा करण ढोली, ५४ केजीमा निश्चल ढोली, ६३ केजी जुनियरतर्फ कञ्चन नेपाली, सिनियर ५८ केजीमा निरोज्यु ठकुरी, ३३ केजीमा छवि वस्ती, ६३ केजी मुनि सिनियरतर्फ दुर्गा दुलाल र ४९ केजी सिनियरमा सुप्रिमा बजागाईंले स्वर्णपदक जितेका थिए ।

यसैगरी रजततर्फ ३२ केजी तौल समूहमा रनिसा गौतम, ४८ केजीमा नविन तामाङ र ५४ मा सम्पन्न केसीले पदक हात पारे । यस्तै ४६ केजी जुनियरमा निगरानी खड्का, ३८ केजीमा अर्चना माझी, ३७ केजीमा टपेन्द्र विष्ट, ५७ केजीमा प्रगति लामा, जुनियर ४९ केजीमा पासाङ लामा र ५८ केजी तौल समूहमा विसन कुँवरले कांस्य पदक जितेका छन् । 

जय नेपाल स्पोर्ट आयोजक तथा धादिङ जिल्ला तेक्वान्दो संघ र अन्तर्राष्ट्रिय धादिङ समाजले संयुक्तरूपमा आयोजना गरेको प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा सफलता हात पारेर फर्केका दिलिप स्मृति तेक्वान्दो डोजाङका खेलाडीहरूलाई दशरथ रंगशालामा आइतबार स्वागत गरिएको थियो ।

सम्बन्धित खबर