२०८२ वैशाख २७ गते शनिवार / May 10 , 2025 , Saturday
२०८२ वैशाख २७ गते शनिवार
Ads

जेहनदार विद्यार्थीलाई नेवाः समाजको सहयोग

२०८२ वैशाख २७ गते ०६:२५
जेहनदार विद्यार्थीलाई नेवाः समाजको सहयोग

काठमाडौं : वैदेशिक रोजगार व्यवसायी नेवाः समाजले शिवपुरी माध्यमिक (प्राविधिक) विद्यालयमा अध्ययनरत एक छात्रालाई आर्थिक सहयोग तथा शैक्षिक सामग्री प्रदान गरेको छ । 

विद्यालयमा आयोजित एक कार्यक्रममा समाजका अध्यक्ष किसन प्रधानले विद्यालयको कक्षा ७ मा अध्ययनरत अस्मिता महर्जनलाई एक वर्षको शैक्षिक शुल्कसहित पाठ्यपुस्तक र शैक्षिक सामग्री प्रदान गरे ।

अध्यक्ष प्रधानले उक्त विद्यालयमा अध्ययनरत छात्रा आर्थिक समस्यामा रहेको जानकारी पाएपछि व्यवसायी संस्थाको सामाजिक उत्तरदायित्वको जिम्मेवारी अन्तर्गत सहयोग प्रदान गरिएको बताए । जसलाई अति जरुरी छ, त्यस्ता परिवारका सन्तानलाई क्षमताले भ्याएसम्म सहयोग गर्ने संस्थाको उद्देश्य रहेको पनि अध्यक्ष प्रधानले जानकारी दिए ।

‘मर्दा पर्दा नेवाः समाज’ भन्ने सामाजिक सेवाको उद्देश्य राखेर समाज क्रियाशील रहेको भन्दै अध्यक्ष प्रधानले आगामी दिनमा संस्थागत तथा व्यक्तिगत सहयोगको क्रमलाई तीव्रता दिने प्रतिबद्धता जनाए । 

विद्यालयका प्रधानाध्यापक प्रकाश सुवेदीले समाजको सहयोगप्रति आभार व्यक्त गरे । त्यस अवसरमा उपाध्यक्ष विजयराज श्रेष्ठ र कल्पना प्रधानको उपस्थिति रहेको थियो ।

यसअघि वैदेशिक रोजगार व्यवसायी नेवाः समाजले वैदेशिक रोजगारका क्रममा अलपत्र भइ उद्धार गरिएका महिलाहरूलाई आश्रय दिएको अमृतसार सामाजिक संस्थालाई पनि आर्थिक सहयोग गरेको थियो ।

ADV

सम्बन्धित खबर