काठमाडौं : भारतीय प्रिमियर लिग (आईपीएल) भारत र पाकिस्तानबीचको बढ्दो सीमा तनावका कारण अनिश्चित कालका लागि स्थगित गरिएको छ ।
बिहीबार धर्मशालामा भएको खेल रद्द भएपछि क्रिकेट अधिकारीहरूले टी-२० प्रतियोगिता स्थगित गर्ने निर्णय गरेका हुन् । धर्मशाला केही घण्टाअघि विस्फोट भएको जम्मू सहरबाट दुई सय किलोमिटरभन्दा कम दूरीमा छ ।
आईपीएल मार्च २२ मा सुरु भएको थियो । आईपीएलमा विश्वभरका धेरै क्रिकेट स्टारहरू छन् र यो खेलको सबैभन्दा धनी प्रतियोगिता हो ।
लखनऊ सुपर जायन्ट्सले शुक्रबार रोयल च्यालेन्जर्स बेङ्ग्लुरुलाई आतिथ्यता गर्ने तालिका थियो ।
फाइनल मे २५ मा कोलकाताको इडेन गार्डेनमा हुने तालिका थियो ।
पाकिस्तान क्रिकेटले पहिले नै आफ्नो टी२० लिगका बाँकी खेलहरू खेलाडी सुरक्षाका कारण संयुक्त अरब इमिरेट्समा सार्ने निर्णय गरिसकेको छ ।
भारत र पाकिस्तानले सन् १९४७ मा ब्रिटिश शासनबाट स्वतन्त्रता प्राप्त गरेपछि काश्मीरमाथि आफ्ना तीन पूर्ण युद्धमध्ये दुई लडेका छन् । काश्मीर एक विवादित क्षेत्र हो । काश्मीरमाथि दुवै देशले पूर्ण दाबी गर्छन् तर छुट्टाछुट्टै भागहरू प्रशासन गर्दछन् ।
नयाँदिल्लीले दुई हप्ताअघि भारत–नियन्त्रित काश्मीरमा भएको घातक आक्रमणको बदलामा बुधबार बिहान मिसाइल प्रहार गरेको थियो । उक्त आक्रमणका लागि भारतले पाकिस्तानलाई दोष लगाएको छ ।
इस्लामाबादले कुनै पनि संलग्नता अस्वीकार गरेको छ ।
दक्षिण एसियाली यी दुई छिमेकीबीच दशकौँको सबैभन्दा खराब हिंसामा बुधबारदेखि सीमाका दुवैतर्फ कम्तीमा ४८ जनाको मृत्यु भएको छ ।