२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

कब्रीस्तान कम्पाउण्डवाल निर्माणको शिलान्यास

Nada
सत्येन्द्र प्रताप सिंह
२०८२ वैशाख २३ गते २१:५१
Shares
कब्रीस्तान कम्पाउण्डवाल निर्माणको शिलान्यास

रौतहट : रौतहटको राजपुर नगरपालिका ४ मा अवस्थित अधुरो कब्रीस्तान कम्पाउण्डवालको निर्माण कार्यको शिलान्यास गरिएको छ । जनमत पार्टीका रौतहट जिल्ला इन्चार्ज शेख जमसैद आलमले मंगलबार एक कार्यक्रमकाबीच शिलान्यास गरेका हुन् । 

ncell

कब्रीस्तानको संरचना निर्माणका लागि करिब २५ लाख रुपैयाँको बजेट पर्यटन कार्यालयमार्फत विनियोजन गरिएको युवा नेता शेख नसिमले दिएका थिए । परियोजना कार्यान्वयनको जिम्मेवारी उपभोक्ता समितिलाई दिइएको हो । समितिको नेतृत्व मन्सारुल देवानले गरिरहेका छन् । 

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि इन्चार्ज आलमले राजपुर ४ का जनताको दीर्घकालीन माग तथा आवश्यकतालाई ध्यानमा राख्दै कब्रीस्तानको संरचना निर्माण कार्य थालिएको जानकारी दिए । ‘समुदायको धार्मिक तथा सामाजिक आवश्यकता अनुसार कब्रीस्तानलाई व्यवस्थित र सुरक्षित बनाउन कम्पाउण्डवालको निर्माण अत्यावश्यक छ,’ उनले भने ।

स्थानीय बासिन्दाहरूले कब्रीस्तान कम्पाउण्डवालको निर्माण कार्य सुरू भएकोमा खुसी व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथिलाई धन्यवाद दिएका छन् ।

उनीहरूले अब कब्रीस्तान सुरक्षित रहने र व्यवस्थित रुपमा प्रयोग गर्न सकिने आशा व्यक्त गरेका छन् । 

शिलान्यास कार्यक्रममा राजपुर नगरपालिकाका पूर्वनगर प्रमुख शेख सकिल अख्तर, समाजसेवी बसिर खान, शेख सहुप, उपमेयर पदकी उम्मेदवार शेख सहिना, मो. रहमतुल्लाह, मंनसारूल हक तथा जनमत पार्टीका नेता तथा कार्यकर्ता लगायत उपभोक्ता समिति सदस्यहरू लगायतको सहभागिता रहेको थियो । 

सम्बन्धित खबर