२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

ईपीएस शाखामा धर्ना दिन गएका युवामाथि प्रहरीद्वारा लाठीचार्ज

Nada
२०८२ वैशाख २३ गते ०६:२०
Shares
ईपीएस शाखामा धर्ना दिन गएका युवामाथि प्रहरीद्वारा लाठीचार्ज

काठमाडौं : वैदेशिक रोजगारीका लागि तत्कालै दक्षिण कोरिया जाने व्यवस्था गर्न माग गर्दै ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा धर्ना दिन गएका युवामाथि प्रहरीले लाठीचार्ज गरेको छ । ईपीएसको भाषा परीक्षा पास गरेर उडानको प्रतीक्षा गरेको डेढ वर्षभन्दा बढी समय बितिसकेको भएपनि सरकारले रोजगारीमा पठाउन पहल नगरेको उनीहरूले गुनासो गरेका छन् ।

ncell

प्रहरीको लाठीचार्ज पछि धर्नामा बसेका २ युवालाई नियन्त्रणमा लिएको बताएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक श्याम अधिकारीले दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै सार्वजनिक यातायात नै अवरुद्ध हुने गरी सडक नै बन्द गरेर प्रदर्शन गरेपछि यातायात खुलाउने क्रममा लाठीचार्ज गर्नु परेको बताएका छन् ।

सम्बन्धित खबर