२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

ब्रह्मस्थान तथा हनुमान मन्दिरको शिलान्यास

Nada
सत्येन्द्र प्रताप सिंह
२०८२ वैशाख २१ गते १५:०२
Shares
ब्रह्मस्थान तथा हनुमान मन्दिरको शिलान्यास

रौतहट : राजपुर नगरपालिका ५ मा अवस्थित ब्रह्मस्थान तथा हनुमान मन्दिर र माथिल्लो भागको गुम्बजको शिलान्यास गरिएको छ । जनमत पार्टीका नेता मो. आलम (बाबू साहेब)ले ब्रह्मस्थान तथा हनुमान मन्दिर र माथिल्लो भागको गुम्बजको शिलान्यास गरेका हुन् ।

ncell

करिब १६ लाख रुपैयाँ लागतमा निर्माण कार्य सम्पन्न गरिने उपभोक्त समितिका अध्यक्ष श्याम बाबू साहले जानकारी दिए । मन्दिर पुनर्निर्माण हुने खबरले राजपुर नगरपालिकाका स्थानीयहरुमा उत्साह छाएको छ ।

शिलान्यास कार्यक्रममा जनमत पार्टीका नगर इन्चार्ज मो. जमिलउल्लाह, शेख रहुलहक, पूर्व नगर इन्चार्ज शेख फेराज, युवा नेता शेख नसिम, राम बाबू ठाकुर, लखिन्द्र साह, रमेश जैसवाल, रामलगन पण्डितलगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन लोकनाथ ठाकुरले गरेका थिए ।

सम्बन्धित खबर