२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

लमहीका मेयर चौधरी चढेको गाडी डुबानमा

Nada
सपना बोहरा
२०८१ असार २२ गते २१:४३
Shares
लमहीका मेयर चौधरी चढेको गाडी डुबानमा

दाङ : दाङको लमही नगरपालिकाका मेयर चढेको गाडी डुबानमा परेको छ । रा १ झ १४६ नम्बरको स्कारपियो तेलियाको गंगटे खहरे खोला तर्ने क्रममा डुबानमा परेको हो । 

ncell

लमही नगरपालिका-९ तेलियास्थित हालै निर्माण गरिएको कच्ची ड्याम फुटेको खबर पाएपछि मेयर जोगराज चौधरी नेतृत्वको टोली तेलिया गाउँ पुगेको थियो । गाउँबाट क्षतिको विवरण संकलन गरेर फर्किने क्रममा तेलियाको गंगटे खहरे खोलामा स्कारपियो डुबेको हो । खोलामा पानीको बहाब धेरै भएकाले आधा बढी भाग डुबेको छ । गाडीमा सवार सबै सकुशल रहेको जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर