२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

राजसंस्था फर्काउन असम्भवः गोकर्ण विष्ट

Nada
सत्येन्द्र प्रताप सिंह
२०८२ वैशाख १८ गते २१:२६
Shares
राजसंस्था फर्काउन असम्भवः गोकर्ण विष्ट

रौतहट : नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले पूर्वराजालाई फर्काउन असम्भव रहेको बताएका छन् ।

ncell

एमाले गौरको नवौं नगर अधिवेशनलाई बिहीबार  उद्घाटन गर्दै उनले नेपाली जनताको शान्तिपूर्ण आन्दोलनबाट समाप्त पारेको राजसंस्थालाई चिहानबाट फर्काउन सम्भव नरहेको बताए ।

लोकतान्त्रिक अभ्यास सबैभन्दा राम्रो व्यवस्था रहेकोले निरकुंश शासन जनताले अब स्वीकार नगर्ने उनको भनाइ छ । उनले चैत्र १५ गतेका दिन राजा फर्काउने नाममा हिंसात्मक गतिविधि गरेर जनता झन् टाढिएको पनि बताए । 

बहुदलअगाडि जनताले भोगेका पीडा, अशान्ति, अधुरो विकास रहेको केन्द्रीय सचिव विष्टले स्मरण गराएका थिए । लाखौँ युवाहरूलाई स्वदेशमा फर्काउन, शान्ति सुरक्षाको अनुभूति गराउन र जनताको जीवनलाई माथि उकास्न  नेकपा एमाले पार्टी लागि परेको बताए ।

कार्यक्रममा एमाले जिल्ला इन्चार्ज अजय कुमार गुप्ताले गौरका मेयरले कर छुटको नाराबाट जितेकोमा आज माटोमा प्रति टेलर ७५ रूपैयाँ कर लिने गरेको बताए । 

उक्त कार्यक्रममा केन्द्रीय सदस्य उद्वव रेग्मी, रेखा झा, कुन्दन कुशवाहा, लेखा उपाध्यक्ष राजकिशोर यादव, प्रदेशसभा सदस्य जयचन पटेल, मो.जैद राजा, जिल्ला अध्यक्ष सचिदानन्द साह, जिल्ला कमिटी, नगर कमिटी, वडा कमिटी लगायतका सहभागीता रहेको थियो ।

सम्बन्धित खबर