२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

संख्या सय हटेर विधेयक पारित : मन्त्री भण्डारी

Nada
२०८२ वैशाख १६ गते २१:३३
Shares
संख्या सय हटेर विधेयक पारित : मन्त्री भण्डारी

काठमाडौं : केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो ।

ncell

करिब ७९ वटा कानुनका विभिन्न दफाहरू संशोधन गरेको यस विधेयकमा वैदेशिक राेजगार व्यवसायीकाे इजाजत नवीकरणका लागि अनिवार्य रूपमा वार्षिक सय जना कामदारको श्रम स्वीकृति लिनुपर्ने प्रावधान खारेज गरिएको छ।

प्रतिनिधिसभाले उक्त विधेयक पारित गरेपछि केही सञ्चारमाध्यममा संख्या सयको प्रावधान यथावत् रहेको समाचार आई भ्रम उत्पन्न गरेको थियो ।

श्रम, राेजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मध्यान्ह दैनिकसँग कुरा गर्दै नेपाल सरकारले पेश गरेको विधेयक नेपाल सरकारले फिर्ता नलिएसम्म अन्य पक्षले त्यसलाई कसैले तलमाथि गर्न नसक्ने भएको भन्दै विधेयक मन्त्रालयले ड्राफ्ट गरेअनुसार नै पारित भएको बताए ।

मंगलबार विधेयकमाथिको सैद्धानितक छलफलपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर