२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

व्यवसायी चौलागाईंलाई पितृशोक

Nada
२०८२ वैशाख १४ गते १४:१८
Shares
व्यवसायी चौलागाईंलाई पितृशोक

काठमाडौं : वैदेशिक रोजगार व्यवसायी दुर्वासा चौलागाईंलाई पितृशोक परेको छ । राजधानीको  लाजिम्पाटस्थित रोयल ओभरसिज नेपाल प्रा. लि.का एक्जिक्युटिभ डाइरेक्टर दुर्वासा चौलागाईंका पिता पर्शुराम चौलागाईंको निधन भएको हो ।

ncell

इटहरा सरोकार समाज नेपालका महासचिवसमेत रहेका दुर्वासा चौलागाईंका पिता पर्शुराम चौलागाईंको गत वैशाख १० गते बुधबार ललितपुरको धापाखेलमा निधन भएको हो।

खोटाङको खिदिमा-७ मा जन्मिएर लामो समय मोरङको रतुवामाई-८ मा बसोबास गर्दै आएका स्व. चौलागाईं पछिल्लो समय धापाखेल-२३ हात्तीवन ललितपुरमा बस्दै आएका थिए ।

स्व. चौलागाईंका २ छोरी र २ छोरा रहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर