२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने अवस्था आएको छ : पारस खड्का

Nada
२०८२ वैशाख १३ गते १२:१६
Shares
नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने अवस्था आएको छ : पारस खड्का

काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटमा एउटा बलियो जग बसाल्ने प्रयासमा नेपाल क्रिकेट संघ लागि रहेको बताएका छन् ।

ncell

शनिबार राष्ट्रिय क्रिकेट टोलीका लागि नयाँ मुख्य प्रशिक्षक स्टुअर्ट लको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने अवस्था आएको भन्दै नयाँ प्रशिक्षकको उपस्थितिमा यो सोचमा पूरा हुने बताए ।

उनले भने, ‘नेपाली क्रिकेटको लागि बलियो जग बनाउनुपर्ने अवस्थामा हामी पुगेका छौँ । हाम्रो राष्ट्रिय टोली पनि राम्रो छ । नेपाली क्रिकेटमा एउटा राम्रो जग बनि सकेको छैन, त्यसैले त्यो जग बसाल्ने प्रयासमा नेपाल क्रिकेट संघ लागि रहेको छ । यसमा नयाँ प्रशिक्षक थपिनु भएपछि उहाँको उपस्थितीमा क्रिकेटलाई हामीले बलियो बनाउछौँ भन्ने सोचमा छौँ ।’

यस्तै, उनले प्रशिक्षक आज साँझ ८ बजे एयर इन्डियामार्फत् आउन लागेको पनि बताए । 
 

ताजा खबर

सम्बन्धित खबर